साउदीबाट मृतक घर फर्किएपछि…

ENGLISH

NRN GLOBAL

साउदीबाट मृतक घर फर्किएपछि…

27 May, 2017 | Sandeep Bhattarai | 935 Views | comments

साउदी

साउदी अरबमा दुर्घटनामा परेर ‘ज्यान गुमाएका’ भनिएका भोजपुर काउलेका सुवास तामाङको ‘क्षतविक्षत शव’ घर आइपुग्नासाथ परिवारले रित अनुसार अन्तिम संस्कार गर्‍यो। मृतकका परिवारले क्षतिपूर्ति र बिमा रकम पनि बुझे। तर, तिनै सुवास शुक्रबार अपरान्ह काठमाडौं आइपुगेका छन् ।

अझ रोचक कुरा त जातीय रितअनासर उनलाई फेरि न्वारान र बिहे गरेर मात्र परिवारमा स्वागत गरिँदै छ। सुवास जसोतसो जन्मभूमि आइपुगेका छन्। तर जातीय रितमा उनी ‘मरिसकेका’ छन्। उनलाई अब भोजपुर जन्मस्थल लगेर फेरि न्वारान गरिदैछ। अनि मोरङ लक्ष्मीमार्ग ल्याएर बिहे। यति रित पुर्‍याएपछि मात्र उनलाई नाबालक छोराछोरी र श्रीमतीसँग भेट्न दिइनेछ।

करिब तीन वर्षअघि सुवास साउदीको जेद्दा नजिकै सडक दुर्घटनामा परेका थिए। दुर्घटनामा परेका अर्कैको शव सुवासको भन्दै नेपाल पठाइएको थियो। उनले भने त्यसपछि आफ्नो आगत विगत भुलेका थिए।

‘नसोचेकै कुरा भयो। दाजु सडक दुर्घटनामा परेर घटनास्थलमै मरेको भन्दै साउदी अरेबीया सरकार, त्यहाँको अस्पताल र रियादको नेपाली दूतावासले पनि लिखित मुचुल्कासहित शव नेपाल पठाएको थियो,’ विमानस्थलमा दाजु लिन आएका भाई अम्बर तामाङले भने,‘ शव क्षत विक्षत भएकाले पहिचानका लागि बढी खोजी गरिएन। विश्वासको भरमा दाजुको अन्तिम संस्कार गरेका हौ।’ त्यतीबेलै वैदेशिक रोजगार प्रवर्धन बोर्डले सुवासकी श्रीमती सन्तोषी र नाबालक दुई छोराछोरीका लागि क्षतिपूर्ति रकम दिएको थियो।

९ जुलाई २०१५ मा ट्याक्सी दुर्घटनामा घटनास्थलमै तीन र भोलिपल्ट अस्पतालमा एक नेपालीको मृत्यु भएको थियो। एक कामदारको भने अनुहार चिनिनै नसकिने अवस्थामा अस्पतालमा उपचार भइरहेको थियो।

ती उपचार भइरहेका व्यक्ति ट्याक्सी चालक बागलुङका तेजेन्द्र भण्डारी भन्ने प्रारम्भीक रिपोर्ट भए पनि वास्तवमा तीनै सुवास रहेछन्।

कान्तिपुरबाट ।

साउदीमा ‘ब्लड–मनी’ तिर्न नसक्दा दुई नेपाली कामदारको बिचल्ली

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK