साउदीबाट अपांग बनेर फर्केका चन्द्रबहादुरलाई उपचारमा समस्या

ENGLISH

NRN GLOBAL

साउदीबाट अपांग बनेर फर्केका चन्द्रबहादुरलाई उपचारमा समस्या

20 July, 2017 | Sandeep Bhattarai | 815 Views | comments

उपचार

साउदी अरबमा तीन तला माथिबाट खसेर घाइते हुनुभएका चन्द्रबहादुर परियारलाई उपचारमा समस्या परेको छ ।

धन कमाउने आशा बोकेर ऋण खोजेर साउदी अरब पुग्नुभएका रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने ३९ वर्षीय परियार विदेश पुगेको सात दिनमै तीन तलामाथिबाट खसेर जीवनभर अर्काको सहारामा बाँच्नु पर्ने भएको छ ।

एक छोरा, एक छोरी र श्रीमतीको पालनपोषण गर्न र घरव्यवहार सहजरुपमा चलाउन अनेकौँ सपना बोकेर विदेश पुग्नुभएका परियार गएको सात दिनमै राति सुत्ने क्रममा तीन तलामाथिबाट खसेपछि उहाँ जीवनभर अपाङ्ग भएर बाँच्नु परेको छ ।

आफू अपाङ्ग भएर बाँच्नुको पीडा जति छ मनमा, त्योभन्दा दोब्बर पीडा उहाँलाई उपचार कसरी गर्ने भन्ने पीडाले सताइरहेको छ । सम्पत्तिको नाममा छ आना जग्गामा पानी आउँदा ओत लाग्ने र घाम छेक्ने एउटा सामान्य झुप्रो छ । तीन महिनासम्म साउदीमै कम्पनीले उपचार गरेर स्वास्थ्यमा सामान्य सुधार आएपछि उहाँलाई घर पठाएको छ ।

साँझ बिहान के खाऊँ, के लाऊँजस्तो अवस्थामा जीवन गुजारा गरिरहनुभएका चन्द्रबहादुरको परिवारको सपना अहिले मरुभूमिमा बिलिन भएको अवस्थामा छ । उहाँको दाहिने हात, दुईवटा खुट्टाले काम नगर्ने भएको छ भने उहाँ सुन्न राम्रोसँग सक्नुहुन्छ तर आवाज निकालेर बोल्न भने सक्नुहुन्न ।

बिरामी चन्द्रबहादुरलाई भेट्न जाने आफन्त साथीभाइलाई उहाँले इशारा गर्दै आफूलाई उपचार गरी जीवन बचाइदिन अनुरोध गर्नुहुन्छ । छिनमै बेहोस हुने छिनमै होसमा आउने हुँदा पनि उहाँको परिवार भावविह्वल छ ।

धन कमाएर परिवार पाल्ने मिठो सपना बुन्नुभएका परियारको सपना काम सुरु गरेको दुई दिनमै मरुभूमिको हावाले उडायो । कम्पनीले घर फर्काएपछि परिवारले ऋण खोजेर उपचारका लागि विभिन्न स्थानमा पुर्याउँदै आएको छ ।

अहिलेसम्म उपचारमा रु दुई लाखभन्दा बढी खर्च भइसकेको उहाँकी श्रीमती मिट्ठु परियारले बताउनुभयो । “आयस्रोत केही छैन ऋण खोजेरै भएपनि उपचार गरेको छु”– “साहुले दिनदिनै सताएको छ, कमाउने बाटो नहुँदा अहिले उपचारमा निकै समस्या परेको छ” उहाँले भन्नुभयो । कुनै संघ संस्था, व्यक्तिबाट केही सहयोग नपाउँदा उहाँलाई बिरामीको उपचार कसरी गर्ने भन्ने समस्याले रातदिन पिरोलेको छ ।

नेपालस्थित वर्कफोर्स म्यानपावर कम्पनीमार्फत उहाँ रु एक लाख २० हजार लगानी गरेर साउदी पुग्नुभएको हो । काममा लागेको दुई दिनमै उहाँ जीवनभरका लागि अशक्त हुनुपर्यो । उहाँले विदेशमा कमाएको धनले पहिला बास बस्ने एउटा घर बनाउने सोच बनाउनुभएको थियो, तर त्यो सपना नै रह्यो ।

चन्द्रबहादुर त एउटा प्रतिनिधि पात्र मात्र हुन् । उहाँ जस्ता हजारौँ युवाको सपना मरुभूमिमा बिलिन हुन पुगेका छन् । स्वदेशमै रोजगारीको अवस्था सरकारले सिर्जना गर्न सकेको भए लाखौँ युवा यसरी विदेशीनुपर्ने थिएन ।

काम र दामका लागि विदेशमा रगत र पसिना बगाउने हजारौँ युवालाई यहीँ बसेर काम गर्ने अवस्था सिर्जित भएको खण्डमा यस्ता अकल्पनीय घटनाका सिकार बन्नुपर्ने थिएन । बेरोजगारीको चरम समस्याले गर्दा नै उनीहरु नचाहँदा नचाहँदै पनि विदेश पुग्न बाध्य भएका छन् । (शुशीला रेग्मी) रासस

साउदीमा तीन महिनायता १७ नेपाली कामदार अलपत्र

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK