साउदद्वारा एनआरएनए जर्मनीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ENGLISH

NRN GLOBAL

साउदद्वारा एनआरएनए जर्मनीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

17 February, 2017 | Sandeep Bhattarai | 830 Views | comments

 रण बहादुर साउद

एनआरएनए जर्मनीको अध्यक्ष पदमा रण बहादुर साउदले उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि एनआरएनएमा सक्रिय रहेर हाल एनसीसी जर्मनीको उपाध्यक्ष रहेका साउदले “नेपालीका लागि नेपाली” भन्ने भन्ने नारालाई व्यवहारमै पूरा गर्नका लागि आफूले उम्मेदवारी घोषणा गरेको संसान्यूजलाई बताएका छन ।

एनआरएनए नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको हक हित र अधिकारहरुको लागी सदैव लागि रहने प्रण गरेका साउदको घोषणापत्रमा भनिएको छ
“आदरणिय जर्मनी निवासी दाजुभाई दिदीबहिनीहरुमा
हार्दिक नमस्कार
म रण बहादुर साउद जर्मनी निवासी । हजुरहरु सम्पूर्ण एनआरएन आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुको धेरै चिरपरिचीत व्यक्ति सबैलाई सर्वबिधितै छ ।

म २००९ साल देखि एनआरएनए जर्मनीमा आबद्ध रहेर आजसम्म एनआरएनए जर्मनीको निरन्तर गतिबिधिहरुको अभियानमा चारैजना अध्यक्ष तथा आईसीसीज्युहरुसित विभिन्न पदहरुको जिम्मेवारीको भूमिका निर्वाह गर्ने सुवर्ण मौका मिलेकामा म आफुलाई गर्वका साथ धेरै भाग्यमानी महसुश गरेको छु ।

एनआरएनए जर्मनीको एलसिसी एनआरडब्लुको सहसंयोजकबाट सुरुवात गरेको एनआरएनए जर्मनीको यात्रा संस्थापक अध्यक्ष दिल गरुङ्ग (दिल दाई) को अध्यक्षता (२००९ र ०११० को कार्यकालमा म एनआरएन जर्मनीको कार्यकारिणी सदस्य, एनआरएनए जर्मनीका अध्यक्ष पुष्प थापाको (२०११ र ०१३) कार्यकालमा युवा संयोजक, एनआरएनए जर्मनीको अध्यक्ष हरेन्द्र वनेमको कार्यकाल (२०१३–०१५) मा उपाध्यक्ष र हाल एनआरएनए जर्मनीका अध्यक्ष नवराज रोस्याराको कार्यकाल (२०१५–०१७) मा पनि फेरी उपाध्यक्षको जिम्मेवारीको भूमिका निर्वाह गरिरहेको छु ।

मैले एनआरएनए जर्मनीमा बिभिन्न पदहरुमा रहेर गरेको ८ बर्ष लामो जिम्मेवारीपूर्ण कार्य अनुभव र आदरणिय जर्मनी निवासी दाजुभाई दिदीबहिनीहरुको साथ सहायोग र आत्मीय समर्थनले मलाई अझ धेरै उर्जा प्रदान गरेकोछ । एनआरएनए जर्मनीको दैनिक गतिबिधिहरुका अभियानहरु निरन्तर रुपमा बहन गरिरहेको जिम्मेवारीहरुले मलाई कार्य क्षमातामा दक्षता र कार्यकुशलतामा अझ धेरै परिपक्कता बनाएको छ ।

एनआरएनए ग्वोबलको नीति निर्देशन, आदरणीय अग्रजहरुको आशिर्वाद र एनआरएनए जर्मनीका अभियन्ताहरुको सकृय प्रतिबद्धता तथा आदरणिय जर्मनी निवासी एनआरएन दाजुभाई दिदीबहिनिहरुको प्यारो हार्दिक साथ, सहयोग र समर्थनले मलाई आगामी दिनहरुको लागि धेरै शाहसिला प्रेरणाहरु मिलेका छन । एनआरएनए जर्मनीमा लगातार दुई कार्यकाल (२०१३ र०१५) र (२०१५ र ०१७) म उपाध्यक्षको जिम्मेवारी निर्वाह गरी सकेपछि बिधानत वा एनआरएनएको प्रचलन अनुसार तेश्रो पटक एकै पदमा बाहाल हुन सक्दैन ।

त्येसैले मैले एनआरएनए जर्मनीका सम्पूर्ण आदरणीय अग्रज तथा दाजुभाई र दिदीबहिनीहरुको सल्लाह एबम सुझाबहरु अनुसार २०१७ र ०१९ कार्यकालमा अध्यक्षपदको जिम्मेवारी लिएर जर्मनी निवासी सम्पूर्ण आदरणीय एनआरएन नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको हक हित र अधिकारहरुको लागी “नेपालीका लागी नेपाली” र एकपटकको नेपाली सधैको नेपाली भन्ने एनआरएनएको प्रण वाणीका साथ एनआरएनए जर्मनीको अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेको जानकारी गराउदछु ।” धन्यवाद

प्रार्थी
रण बहादुर साउद
उपाध्यक्ष, एनआरएनए जर्मनी 

एनआरएनए जर्मनी एल सि सि ब्रेमेन-निदरज्याक्सनको बैठक सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK