सांगीतिक समूह ‘आशिष सुदर्शन’को ‘हाट बजार’ सार्वजनिक(भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

सांगीतिक समूह ‘आशिष सुदर्शन’को ‘हाट बजार’ सार्वजनिक(भिडियो सहित)

12 October, 2018 | Sandeep Bhattarai | 2880 Views | comments

हाट बजार

सिक्किमका दुई युवा संगीतकर्मीहरु आशिस तामाङ तथा सुदर्शन सुनारको सांगीतिक समूह ‘आशिष सुदर्शन’ ले तयार पारेका पप, आधुनिक तथा लोक–आधुनिक शैलीका गीतहरुको एल्बम ‘हाट बजार’ बिहिबार काठमाडौंमा लोकार्पण गरिएको छ । गायकद्वय आशिष तथा सुदर्शनसहित टेलिभिजनकर्मी सोनाम छिरिङ लामा तथा अभिनेत्री नम्रता सापकोटाले संयुक्त रुपमा उक्त गीति एल्बम लोकार्पण गरेका हुन् ।

सन् २०१५ मा स्थापना भएको सांगीतिक समूह ‘आशिस सुदर्शन’ का दुई गायकले लोप हुँदै गएको हाट–बजार शब्दलाई गीतमार्फत दर्शक तथा स्रोतामाझ प्रस्तुत गरेका हुन् । विमोचित एल्बममा दुई गायकको स्वरका आठ वटा गीत समावेश गरिएका छन् । एल्बमका सबै गीतहरु गायकद्वय आशिस र सुदर्शनले रचना गरेका हुन् भने उनीहरुले नै ती गीतहरुलाई संगीतबद्ध गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै गायक सुदर्शन सुनारले एल्बमका सबै गीतहरुमा नेपाली मौलिक बाजाहरु प्रयोग गरिएको बताए । गायक आशिस सुनारले एल्बमका सबै गीतहरु दार्जिलिङको रिदम रेकर्डिङ्समा रेकर्डिङ गरिएको जानकारी दिए । जिवन प्रकाश प्रधानले एल्बमका गीतहरु रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

एल्बमको समावेश चाउरी पर्ला…गीतको म्युजिक भिडियोमा अभिनय गर्ने अभिनेत्री नम्रता सापकोटाले सिक्किमका युवा गायकहरुको नेपाली गीत–संगीतप्रतिको लगावलाई मुक्त कण्ठले प्रसंसा गरिन् ।

समारोहमा एल्बममा समावेश ‘चाउरी पर्ला…’ गीतको म्युजिक भिडियो प्रिमियर गरियो । एमएनएस भिम्यागसंग आवद्ध सोनम छिरिङ लामाले उक्त म्युजिक भिडियो निर्देश्ँन गरेका हुन् । काठमाडौंमा छायांकन गरिएको उक्त भिडियोमा अभिनेत्री नम्रता सापकोटा तथा श्रीजल रुपाखेतीले अभिनय गरेका छन् । बिजय कोजुद्वारा छायँंकन गरिएको उक्त भिडियोलाई जितेन्द्र श्रेष्ठले सम्पादन गरेका हुन् ।

यस्तो छ ‘चाउरी पर्ला’को म्युजिक भिडियो-

गायिका रुपा रौतारको एल्बम ’हिम्मत भाकी छोरी’ सार्वजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK