सह-सचिव परियारलाई गुल्मी सेवा समाज कतारद्वारा बिदाई

ENGLISH

NRN GLOBAL

सह-सचिव परियारलाई गुल्मी सेवा समाज कतारद्वारा बिदाई

27 December, 2016 | Bipin Acharya | 950 Views | comments

कुमार “अविरल” पन्थी, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा सामाजिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको गुल्मी सेवा समाज कतारले सह-सचिव मेहर सिंह परियारलाई गत बिहिवार स-सम्मान बिदाई गरेको छ ।

unnamed

रोजगारीको सिलसिलामा बिगत लामो समय देखि कतारमा कार्यरत परियार कतारको बसाइलाई बिट मार्दै पुनः रोजगारीको सिलसिलामा पोल्याण्ड जाने क्रममा स-सम्मान बिदाई गरेको हो । कार्यक्रमा समाजका अध्यक्ष बुद्ध पाण्डे सभापति रहेका थिए । तेस्तै समाजका संरक्षक द्रोण बस्नेत, सह-सचिव मेहर सिंह परियार, सल्लाहकार बिष्णु गौतम, महिला संयोजक बिष्णु खत्री लगायत अतिथि रहेका थिए । समाजका कार्यसमितिका पदाधिकारीका साथै गुल्मेली तथा गैर गुल्मेलीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा द्रोण बस्नेत, बिष्णु गौतम, बिष्णु खत्री लगायतले आ-आफ्ना भनाईहरु राख्दै यात्रा सफलताको शुभकामना दिएका थिए । अवसरको खोजीमा एउटा देशबाट अर्को देश पलाएन हुनु पर्ने हामि नेपालीको रहर नभएर बाध्यता भएको बताएका कार्यक्रमा बोल्ने अधिकांश वक्ताहरुले परियारलाई सामजिक कार्यको खुलेर चर्चा गरेका थिए ।

तेस्तै कार्यक्रममा बोल्दै सह-सचिव परियारले विश्वको जुनसुकै कुनामा रहेपनि गुल्मी सेवा समाज कतारलाई र गुल्मेलीलाई भुल्न नसक्ने बताएका थिए । कतारमा रहदा गुल्मेली को साथ र सहयोगलाई कहिले पनि नबिर्सने र गुल्मी सेवा समाजलाई पूर्ण साथ र सहयोग रहने समेत प्रतिवद्धता जनाएका थिए । परियार कतारमा कार्यरत रहदा सामाजिक क्षेत्रमा निकै क्रियाशील भएर लागि रहेका थिए । उनि कतारको बसाइलाई बिट मार्दै पुनः रोजगारीको सिलसिलामा पोल्याण्ड गएका हुन ।

कार्यक्रमको अन्त्यमा बोल्दै सभापति पाण्डेले प्रवासको वसाईलाई बिट मार्दै स्वदेश फिर्नुको सट्टामा पुनः अवसरको खोजीमा एउटा देशबाट अर्को देश पलाएन हुनु पर्ने हामि नेपालीको रहर नभएर बाध्यता भएको बताउदै परियारलाई यात्रा सफलताको शुभकामना दिए। कार्यक्रम सभ्य भव्य र सफल बनाउनका लागि उपस्थित सम्पूर्णलाई विशेष धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम समाजका सास्कृतिक संयोजक सुरज बिसिको संचालनमा सम्पन्न भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK