सहयोग संकलनका लागि साउदीमा फुटबल प्रतियोगिता

ENGLISH

NRN GLOBAL

सहयोग संकलनका लागि साउदीमा फुटबल प्रतियोगिता

20 July, 2016 | arjun baral | 1665 Views | comments

app1

साउदी अरब, फुटबल प्रतियोगिता गराएर पीडित प्रवासी नेपालीहरुको उद्धार र पान्थर भारपा गाविसको यवा सडकको स्तरोन्नतीका लागि प्रवासी नेपालीहरुले सहयोग संकलन गर्ने भएका छन् ।

साउदी अरबको जुबैलमा रहेका प्रवासी नेपालीहरु सम्मिलित न्यू अन्नपूर्ण स्पोर्टस टिमले नेपाली साझा मंच, विवेकशिल नेपाली दल र एनआरएन एलसिसिको सहकार्यमा उक्त प्रतियोगिता गराउन लागेका हुन् ।

जुबैलस्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्ट मुख्य प्रायोजन रहेको सो फुटबल प्रतियोगितालाई प्रवासी नेपालीहरुले न्यू अन्नपूर्ण गोल्डकपका नाममा पहिलो पटक आयोजना गर्ने निर्णय गरेका छन् ।

app2

आयोजक समितीका संयोजक श्रीयवा लिम्बूका अनुसार उक्त गोल्डकपको आयोजना आगामी सेप्टेम्बर ११, १२ र १३ तारिख तीन दिनसम्म हुनेछ । जुबैल बाहिरबाट आउने टिमलाई खान बस्न समेतको व्यवस्था रहेको र सो प्रतियोगितामा साउदी अरबमा कार्यरत प्रवासी नेपालीहरुको ३० भन्दाबढी टिम सहभागी हुने छन् ।

सो प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ लाग्ने आयोजक समितिको अनुमान छ । जुबैल स्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्ट मुख्य प्रायोजक रहेको सो गोल्डकपका लागि १६ सदस्यीय कार्य समिति पनि निर्माण गरिएको छ ।

उक्त समितिमा संयोजक लिम्बु सहति सचिवमा अन्जनीकुमार अधिकारी, कोषाध्यक्षमा कृष्ण पुरी र सदस्यहरुमा रबिन गुरुङ, तेजु श्रेष्ठ, देबिन्द्र सुबेदी, नारायण पराजुली, सन्दिप चन्द्, बिनोद बिष्ट, सुर्य लामा, बिरेन्द्र लिम्बु, सन्जिब सुनार, बिदुर पौडेल, नमराज मैनाली, ओमप्रसाद फुयाल र अकल प्रधान रहेका छन् ।

app3

सल्लाहकारहरुमा भने साझा मंचका अभियन्ता महेश श्रेष्ठ, चन्द्रप्रकाश भण्डारी र विवेकशिलका रमेश खत्री रहेका छन् र त्यसैगरी आर्थिक संकलन समिति, क्लब तथा टिम व्यवस्थापन समिति, प्रचार प्रसार समिति, यातायात व्यवस्थापन समिती, सुरक्षा व्यवस्थापन समिति, भोजन व्यवस्थापन समिति र सल्लाहकार समिति सहित ७ वटा उपसमिति पनि निर्माण गरिएको छ ।

आयोजकका अनुसार सो गोल्डकपमा प्रथमलाई नगद एक लाख, द्वितीयलाई ७५ हजार र तृतीयलाई ५० हजार रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिने छ ।

मुस्लिम समुदायको बकर ईदमा हुने सार्वजनिक विदाको समयमा आयोजना गरिएको सो गोल्डकपका लागि जुबैल रोयल कमिशनस्थित खेल मैदान नेपाली सवाँ तीन लाख रुपैयाँ भुक्तान गरेर अग्रिमबुक समेत गरिसकिएको छ ।

समुन्द्री किनारमा अवस्थित सो स्तरीय खेलमैदानमा दर्शकहरुले खेलको मज्जा लिनुका साथै पौडी खेल्न र जहाजको यात्राको रमाईलो समेत लिन सक्ने सुविधा रहेको आयोजकले जनाएका छन् ।

साउदीमा दुर्घटनामा परेका समबहादुरलाई आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK