सलमान खान ग्लोबल डाइभर्सिटी पुरस्कारबाट सम्मानित

ENGLISH

ENTERTAINMENT

सलमान खान ग्लोबल डाइभर्सिटी पुरस्कारबाट सम्मानित

17 September, 2017 | Sandeep Bhattarai | 3495 Views | comments

सलमान खान

भारतीय सिनेमा क्षेत्रका प्रसिद्ध नायक सलमान खानलाई बेलायती संसदमा ‘ग्लोबल डायभर्सिटी अवार्ड–२०१७’ बाट सम्मानित गरिएको छ ।

सलमानले एक अभिनेता तथा निर्माता, समाजसेवी तथा गायकका रूपमा भारतीय सिने उद्योगलाई पुर्याएको योगदान साथै समाजसेवामा समर्पित गरेको भन्दै कदरस्वरुप सम्मान गरिएको बताइएको छ ।

बेलायती संसदमा लामो समयदेखि सांसद रहनुभएका भारतीय मुलका कीथ वाजले सलमानलाई पुरस्कार प्रदान गर्नुहुँदै भन्नुभयो, “सलमान खान विश्वभरका लाखौँ मानिसबीच अभिनय गर्ने मोडेल तथा नायक हुनुहुन्छ । भारतीय सिनेमा जगतमा त उहाँ एक सफल व्यक्तित्व हुनुहुन्छ न यस बाहेक उहाँ एक प्रसिद्ध समाजसेवी पनि हुनुहुन्छ । ”

“सलमानखानको एक गैरसरकारी संस्था, विइङ ह्युमन, ले भारतीय गरीब जनताको जीवन परिवर्तनमा उल्लेखनीय भूमिका रहेको छ । यो सम्मान उहाँलाई दिन पाउँदा म बहुतै खुशी भएको छु ।”

पुरस्कृत अभिनेता सलमानले आँफूले शनिवार ग्रहण गरेको पुरस्कार सम्मानित पुरस्कार भएको जनाउँदै भन्नुभयो, मेरा पिताजीले कहिल्यै पनि मैले यो पुरस्कार लिन पाँउला भन्ने सोच्नु भएको थिएन तर मैले यो सम्मान पाएको छु । म अत्यन्तै खुशी छु । मैले यस अवसरमा सवै प्रशंसकको धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

सलमान पहिले यो पुरस्कारबाट वलिउड अभिनेता अमिताभ वच्चन, ऐश्वर्या राय, चिनियाँ एक्सन आइकन जैकी चान, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, अमेरिकी मानव अधिकारकर्मी जैकी जेक्सन लगायत सम्मानित हसनुभएको थियो ।

बलिउड स्टार सलमान खान प्लेब्वाई मोडलसँग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बैतडीको पाटनमा धानखेती

बैतडीको पाटनमा धानखेती

समयमै वर्षा भएकाले किसानले बैतडीको पाटनमा लगाएको धान खेती...

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK