सर्वाधिक महंगो हिरो अनमोल , बीस लाख लिँदै डेढ वर्षसम्म हलमा नदेखिने

ENGLISH

ENTERTAINMENT

सर्वाधिक महंगो हिरो अनमोल , बीस लाख लिँदै डेढ वर्षसम्म हलमा नदेखिने

13 June, 2016 | Bipin Acharya | 460 Views | comments

२० लाख पारिश्रमिक लिदै अभिनेता अनमोल केसी नयाँ फिल्ममा अनुबन्धित भएका छन् । नोभेम्बर रेन, क्लासिकजस्ता फिल्म निर्माण गरिसकेका सुवास गिरीले बीस लाख रकमसहित नयाँ फिल्म ‘कृ’मा अनमोललाई अभिनय गराउन लागेका हुन्।

timthumb

हाल रिलिज भइरहेको फिल्म ‘गाजलु’ अभिनेता अनमोल अब डेढ वर्षसम्म कुनै पनि फिल्ममा देखिने छैनन्। फिल्मको सुटिङ अवधि डेढ वर्षमा अनमोलले कुनै पनि फिल्ममा अभिनय नगर्ने दुई पक्षबीच सम्झौता भएको छ । अमेरिका भ्रमणको तयारीमा रहेका अनमोलले यसै फिल्मका कारण भ्रमण रद्द गरेको बताइन्छ।

बदला अर्थ लाग्ने ‘कृ’ शीर्षकमा बन्ने फिल्ममा अनमोल पिता भुवन पनि निर्माताका रुपमा रहनेछन्। गिरीको स्वामित्वमा रहेका सुवास इन्टरटेन्मेन्ट र केसीको स्वामित्वमा रहेको सुपर काजोलको सहकार्यमा बन्ने फिल्ममा कमल गिरी कार्यकारी निर्माता र श्री पराजुली सहनिर्माताको रुपमा भित्रिएका छन्।

फागुनदेखि सुटिङ सुरु हुने फिल्ममा अनमोल एक्सन भूमिकामा देखिने बताइएको छ। फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्ने भएका छन्। फिल्म सम्पादनमा अनुभवी र धेरैको रोजाईमा पर्ने पौडेलले यसअघि ‘आभाष’ नामक फिल्मबाट निर्देशनको अनुभव बटुलिसकेका छन्।

छेतेन गुरुङ र आशिष रेग्मीको संयुक्त पटकथा लेखन रहने फिल्ममा अभिनेत्री भने पक्का नभइसकेको बताइएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK