सर्लाही प्रबासी सेवा समाज कतारले गर्यो सहयोग रकम हस्तान्तरण

ENGLISH

NRN GLOBAL

सर्लाही प्रबासी सेवा समाज कतारले गर्यो सहयोग रकम हस्तान्तरण

17 June, 2016 | Bipin Acharya | 595 Views | comments

सर्लाही प्रबासी सेवा समाज कतारले बिबिध क्षेत्रमा सहयोग रकम हस्तान्तरण गरेको छ । जुन १६ तारिकका दिन बेलुका दोहाको टप फर्म रेस्टुरेन्टको सभा हलमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा कतारमा रहनु भएका संचारकर्मीहरुको उपस्थितिमा भिन्दाभिन्दै तीन क्षेत्रमा सहयोग रकम हस्तान्तरण गरेको हो।

एचआईभी संक्रमित बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोगका लागि गायक हेमन मोक्तानले थाल्नु भएको सामाजिक सांगीतिक अभियानलाई सहयोग गर्दै यस सस्थाले गत जुन ३ मा दोहाको सालिमार पार्टी प्यालेसमा भब्य सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा संकलित भएको रकम मध्ये एक लाख पैतिस हजार नेपाली रुपैया एचआईभी संक्रमित बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोगका लागि गायक हेमन मोक्तान मार्फत हस्तान्तरण गरिएको छ ।

सोहि कार्यक्रममै सर्लाही जिल्ला ढुङ्ग्रे खोला गाबिस निबासी मृगौला पिडित रत्न बज्र थोकरलाइ उपचारार्थ सहयोग स्वरूप पन्ध्र हजार नेपाली रुपैया राम मण्डल थिंङ मार्फत र हरीऔंन नगर पालिका वार्ड नम्बर ३ निबासी ब्लंड क्यान्सर पिडित कान्छी माया मोक्तानलाइ पनि उपचारार्थ सहयोग स्वरूप पन्ध्र हजार नेपाली रुपैया राजेश भुजेल मार्फत हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रममा सस्थाका अध्यक्ष पेम्बा घलानको अध्यक्षता, राजेश भुजेलको प्रमुख आतिथ्यता तथा गायक हेमन मोक्तान र नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेको बिशेष आतिथ्यता रहेको थियो ।

सस्थाका महासचिब सुजन बडालले संचालन गर्नु भएको सो कार्यक्रममा पत्रकार, बुद्धिजिबी, संघ सस्थाका प्रतिनिधि तथा सर्लाही प्रबासी सेवा समाजका सदस्य तथा पदाधिकारीहरुको उपस्थिति थियो भने जुन ३ मा सम्पन्न सास्कृतिक कार्यक्रममा संयोजकको भूमिका निर्बाह गरि कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गराउनुहुने सस्थाका सल्लाहकार राम इन्दल थिङ्लाई सम्मान पत्रबाट सम्मानित पनि गरिएको थियो।

२००८ सालमा कतारमा स्थापना भएको तर केहि लामो वर्ष सम्म सुसुप्त अबस्थामा रहेको यो सर्लाही प्रबासी सेवा समाज कतार अहिले नया कार्य समितिको पुनर्गठन संगसगै बिबिध सामाजिक गतिविधिका साथ् अघि बढी रहेको छ !

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK