सरकार राम्रा रंगशाला बनाइदेउ नतिजा आफैं आउँछ : एन्फा महासचिव प्रधान (भिडियो अन्तर्वार्ता)

ENGLISH

SPORTS

सरकार राम्रा रंगशाला बनाइदेउ नतिजा आफैं आउँछ : एन्फा महासचिव प्रधान (भिडियो अन्तर्वार्ता)

18 March, 2016 | Sandeep Bhattarai | 550 Views | comments

लामो समयदेखि उपाधीको खडेरी परेको नेपाली फुटबल टोलीले एक महिनाको अन्तरालमा दुई उपाधि जितेपछि अहिले नेपाली फुटबल टोली सर्मथक र पूरा देश खुशीले गदगद छ । २३ वर्षपछि नेपालले दक्षिण एसियाली खेलकूदमा फुटबलको उपाधी चुम्यो ।

dhirendra1

अखिल नेपाल फुटबल संघ (एन्फा)भित्रको विवाद, खेलाडीहरुको खेल मिलेमतोको आरोपकाबीच नेपाली खेलाडीहरुले दिलाएको उपाधीले सबैलाई खुशी भएको धारणा एन्फाका महासचिव तथा पूर्व राष्ट्रिय खेलाडी धिरेन्द्र प्रधान बताउनुहुन्छ ।

सन्दीप भट्टराईसंगको भिडियो अन्तर्वार्ताका क्रममा प्रधानले दुई उपाधिले ठूलो उत्साह थपेको भन्दै आउने दिनमा फुटबलको नतिजा अझ राम्रो हुने विश्वास लिनुभएको छ ।

आफूले खेलेको समय नराम्रो मान्दै आएका प्रधानले आफ्नो बेलामा ठूलो दुख गरेको र अहिले खेलाडीलाई धेरै सुविधा भएको बताउँदै राम्रा खेलाडीहरुलाई क्लबहरुले अनुबन्ध गर्दै राम्रो पारिश्रमिक दिइरहेको पनि बताउनुहुन्छ ।

महासचिव प्रधानले अहिलेको खेलाडीले अनुसाशनमा रहेर खेले उनीहरुको भविष्य राम्रो हुने भन्दै आफूहरुको त्यो समय सम्झेर निकै दुख लाग्ने गरेको बताउनुहून्छ । नेपाली फुटबलको विकास गर्ने हो भने सरकारले राम्रोराम्रो रंगशाला मात्रै बनाई दिए पुग्छ भन्ने तर्क गर्नुहुने प्रधानले उपाधी विजेता नेपाली फुटबल टोलीले फुटबल समर्थकले खोजेको नतिजा दिंदै छाती ठूलो बनाउने कार्य गरेको प्रतिक्रिया दिनुभएको छ ।

हेर्नुस भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK