मेरो दोष के थियो र सरकार ?

ENGLISH

मेरो दोष के थियो र सरकार ?

7 June, 2016 | Sandeep Bhattarai | 1805 Views | comments

आन्तरिक द्वन्दमा राज्यपक्षबाट दिइएको पीडाको एउटा शब्द चित्र

: माधवप्रसाद न्यौपाने

imgpsh_fullsizeतत्कालिन गलैचा तथा उन विकास समितिको कार्यालय ,धुम्वाराही परिसर भित्र मिति २०६०/६/२७ का दिन अज्ञात बन्दुकधारीबाट कार्यालयका कर्मचारी श्री अनिल चौधरीको हत्या भएको विषयमा सत्य, तथ्य बुझ्न मलाई (माधव प्रसाद न्यौपाने ) सुरक्षा निकायले ४ दिनसम्म अनुसन्धानमा राखी आवश्यक परेमा पुन: लैजाने सर्तमा छाडिएकोमा पुन मिति २०६० /८/१ का दिन काठमाण्डौ जिल्ला कपन गा.वि.स. –३ बस्ने मलाई सुरुक्षा निकायबाट आएका हौ भनी साधारण पोशाकमा आएका २ जवान व्यक्तिहरुले कार्यलयबाटै लिई गएका थिए ।

यसरी राज्य पक्ष्द्धारा अपहरित मलाई धेरै दिन बितिसक्दापनि केही अत्तोपत्तो नलागेको र मेरी श्रीमतीले पटक पटक सुचना माध्यम , नागरिक समाज ,मानव अधिकारकर्मीमा खोज खबर र रिहाइको माग गर्न हरेकको ढोका ढकढकाउन पुग्दा पनि प्रत्येक दिन निराश भै फर्किन बाध्य तुल्याइयो ।मसंग आश्रित मेरो परिवारको अर्को कुनै आयश्रोत थिएन मेरा ५५ वर्षिय पिता , ५० वर्षिय माता , अविवाहित भाइ १ , अविावाहित वहिनी २ , श्रीमती ,नाबालक १ छोरा र छोरी २ जम्मा गरी ९ सदस्यको भरण पोषण प्रमुख भूमिका निर्वाह गर्दै आएको मलाई राज्य पक्षले अमानवीय शैलीमा अपहरण गरेपछि मेरा मुटु रोगी ५५ वर्षिय पिता श्रीवेलास न्यौपाने केही समय मानसिक रोगबाट पिडित भै छोराको वेदना सहन नसकेर आर्थिक दुर्वलताको कारणले गर्दा मृत्युवरण गर्नु पर्यो । सो समयमा निजको हिन्दु संस्कार अनुसार काजकृया (सतगत )गर्ने जेठो छोरा मलाई राज्य पक्षले बेपत्ता बनाएको हुँदा लाचार कान्छो छोरा (मेरो भाइ )र (मेरी आमा ) श्रीमतीबाट सम्पूर्ण क्रियाकर्म मानसिक वेदनासँगै सम्पन्न भएता पनि परिवारमा मानसिक यातना कायम रही नै रह्यो लाचार मेरी श्रीमतीलाई पनि यो समस्याले पिरोली नै रह्यो ।

हाल म (तत्कालिन गलैँचा तथा उन विकास समिति )हाल एकिकृत गरी व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रमा एक निम्नस्तरको कर्मचारी भएका कारण राजनैतिक पाटीसंग आवद्ध रहने कुनैपनि कुरै आउदैन । म र मेरी श्रीमती लक्ष्मी न्यौपाने मिली आफ्नो परिवारलाई भरण पोषणको साथ साथै आर्थिक उन्नतीको सपना बोकी सानो होटल खोलि परिवारलाई दु :खजिलो दुःखजिलो हातमुख जोर्ने समस्या समस्या समाधान गर्दै आएका थियौ । साथै मेरो अपहरणपछि मेरी श्रीमती लक्ष्मीलाई धेरै वाधा, अडचन ,मानसिक तनाव बालबच्चा लगायत परिवारजनको भरण पोषण सम्पुर्ण कुरा सम्हाल्दा निकै मानसिक यातना सहनु परेको कारण समयसमयमा लक्ष्मी मुर्छापर्ने , राती सुतेको अवस्थामा बर्बराउदा बाल बच्चा डराउने कराउने रुने यस्तै प्रकारले मेरो परिवारले यस्तो विकराल परिस्थितीको सामना ९ महिना सम्म खेप्यो सह्यो । निजहरुले सबै पक्षबाट सान्त्वना मात्र पाए भने उनीहरुलाई रात र दिनको कुनै भिन्न्नता पाएनन् मानसिक रोग पनि लाग्यो हालपनि समय समयमा बल्झने विद्यामान अवस्थामा रहेको छ भने यसको पीडा देखिदिने र सुनिदिने कोही पनि छैन ।

अनेक प्रयासका वावजुदपनि मेरी श्रीमती विभिन्न व्यक्ती , मानव अधिकारवादी संघ संस्था नागरिक समाज तथा संचार माध्यम लगायत आफ्नो घर छिमेकसंग हार गुहार गरी बालबच्चाको र परिवारको पर्वाह नगरी हिडि नै रहिन् आफ्नो कर्तव्यमा लागि रहने एक अवला नारीले केवल सान्त्वना मात्र पाइन् तर हराएको श्रीमानको कुनै अत्तो पत्तो पाइनन् यो व्यथा कति दर्दनाक हुन्छ पर्नेलाई भोग्नेलाई थाहा होला तर छरछिमेकबाट धेरै धेरै सहयोग पाएको र खासगरी कपन गा.वि.स. बाट तत्कालिन गा.वि.स. अध्यक्षबाट धेरै सहयोग पाएको हुँदा उहाँहरु धन्यवादका पात्र हुनु हुन्छ ।

यस्तै पीडादायक महिना ९ दिन ८ व्यतित गरिसकेपछि पनि नटुंगिएको यात्रा यथावत राख्ने निश्चय गरि रहेको रात सादा पोशाकमा हातहतियारले सुसज्जित सरकारी नम्बर प्लेट रहेको एउटा गाडीमा आँखामा पट्टी बाँधेर रातको ११ बजे मेरो परिवारको समक्ष बुझाए । पीडादायक ९ महिना ८ दिनको बन्दी जीवन बिताउँदा खप्नु परेका पिडा त थियो नै तर ४ महिना अघि मृत्युवरण गरेका बाबुको खबर पाउँदा मलाइ झन् मानसिक यातना फेरि थपियो र अन्तत म वेहोश भए र समयपछि भगवानको कृपाले मेरो होश फर्कियो र हिन्दु संस्कार अनुसार भोलीपल्टदेखि आफ्ना बाबुको काजक्रियामा लागे । वन्दी जीवन विताउँदा धेरै प्रकारका यातना सहनु पर्यो । जस्तै पाइपले कुट्ने , अध्यारो कोठामा निर्वस्त्र सुताउने , शौचालयमा सुताउने ,इनारमा डुबाउने ,समय समयमा करेन्ट लगाउने यस्तो पीडाले म आँखा कम देख्ने , समय समयमा मानशिक सन्तुलन बिग्रने , जिउ दुख्ने र कटकट खाने ,जिउ झमझमाउने , शरिर सुन्निने साथै एउटा हात र एउटा खुट्टाले राम्रो काम गर्दैन । विभिन्न स्वास्थ्य संस्थामा औषधोपचार गर्दापनि शरीर सन्तुलनमा आउन सकेन हाल औषधि गर्न आर्थिक स्थितीले पनि साथ दिएको छैन ।

हाल पहिलाको सानो होटल पनि चलाउन नसकी होटल छोड्नु परेको र निम्नस्तरको एउटा जागिरको भरमा मानसिक यातना ,शारिरिक यातना र पिडैपिडा बोकी एउटा हाँसी खुशी रहेको परिवारलाई राज्य पक्षले अपहरण गरी अमानविय तरीकाले मलाई र मेरो परिवारलाई पीडा दिई परिवार नै तहस नहस पारेको छ । वर्तमानमा यस बारेमा कहाँ गई कस्लाई गुहार्ने मेरा सबै खुशीका बाटाहरु बन्द भएका छन् यस सम्बन्धमा सम्पूर्ण समाचार जगत ,मानव हैशियतले मैले भोग्नु परेको विकराल परिस्थिति मेरो परिवारको बाँच्न पाउने मानव अधिकारको क्षतीपुर्ति पाउ र वेकसुर मैले पाएको पीडा र यातनाको जिम्मेवार व्यक्तीलाई कडा भन्दा कडा कारवाहीको माग राखि दण्डहीनको अन्त्य होस् भन्ने चाहना राख्दछु ।

सशस्त्र द्धन्दका समयमा राज्य तथा विद्रोही पक्षद्धारा मातहतमा लिएर शारिरिक तथा मानशिक यातना दिने गरिन्छ । सत्य तथा सोझा व्यक्तीहरुलाई सबै मौलिक तथा परिवार समेतबाट बन्चित गरिन्छ । त्यस्ता सबैखाले यातना पाएका व्यक्तीलाई पीडित भनिन्छ । यसरी पीडा पाएका कारण नैतिक आत्मबल गिर्नु तथा शारिरिक कार्यशक्तीमा हस आएर दैनिक क्रियाकलापमा सन्तुलन बिग्रिनु जसका कारण साधरण जिविकोपार्जन गर्न समेत कठिनाई हुन्छ । यसरी पीडित पक्षलाई अनावश्यक शारिरिक यातना दिने दोषीलाई कारवाहीको माग, औषधोपचार, आर्थिक न्याय , सामाजिक न्याय , मौलिक अधिकार र स्वतन्त्र सम्बन्धि अन्य अधिकार राज्य पक्षले सुनिश्चितता पारिनु पर्दछ ।

यसरी राज्य पक्षद्धारा पीडित बनाइएको आवाज राष्ट्रिय तथ अन्तराष्ट्रिय जगत , समुदाय , आम संचार ,सरकारी तथा गैर सरकारी संघ संस्था, मानव अधिकारकर्मीमा पीडित भनी किटान भएका सबै खाले सवाललाई सम्बन्धित क्षेत्रसँग सम्पर्क गरी माथिल्लो तह निकायसम्म आवाज पुर्याउनु पर्दछ । जस्को कारण पीडितले न्यायका लागि अपिल गर्न र लड्न सक्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

विमान नभएको भए मेरो अमेरिका बसाइ १४ बर्षे बनबास जस्तै हुन्थ्यो :राजाराम पौड्याल

हास्य कलाकार राजाराम पौड्याल आफू भर्खरै सोह्र बर्षे पुगेको...

किरण सापकोटा

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ...

‘पिंजडा ब्याक अगेन’ प्रिमियर 

निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा ब्याक अगेन’को  प्रिमियर बुधबार राजधानीको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK