सरकार परिवर्तन राजनीतिक स्थिरताविरुद्धकोे षड्यन्त्र : प्रम ओली

ENGLISH

POLITICS

सरकार परिवर्तन राजनीतिक स्थिरताविरुद्धकोे षड्यन्त्र : प्रम ओली

22 July, 2016 | Krishna Adhikari | 1315 Views | comments

pushpalalImage1प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन नेपालको राजनीतिक स्थिरताविरुद्धको ठूलो षड्यन्त्र भएको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको ३८औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उहाँले मुलुकमा चुनाव हुन नदिने उद्देश्यले विभिन्न शक्तिले सरकार परिवर्तनमा भूमिका खेलेको बताउनुभयो ।

उहाँले देश जनप्रतिनिधिविहीन बनाउन निर्वाचनका लागि आवश्यक पर्ने ऐन निर्माण काममा प्रतिपक्षलगायत दलले अवरोध गरेका छन् भन्नुभयो । प्रधानमन्त्री ओलीले पुष्पलालले धेरै पहिले रोपेको बीउ अहिले विश्वव्यापी रुपमा फैलिएको र उहाँको विचारलाई जननेता मदन भण्डारीले समयसापेक्ष बहुदलीय जनवादमा परिमार्जित गरी देशमा जनजीविका, सामाजिक न्याय र समानता कायम गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

अहिलेसम्म प्राप्त भएका उपलब्धिलाई स्थापित गर्न पार्टीले सशक्त भूमिका खेल्ने बताउँदै उहाँले भन्नुभयो – “हामी अहिले एक प्रकारको चक्रब्यूहमा परेका छौँ, त्यसमा पराजय हुँदैनौँ । माओवादीले देश तथा जनतालाई धोका दिएको छ केही समयमा नै उसले पश्चाताप गर्नेछ ।”

प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले डेढ वर्षभित्रमा चुनाव हुन नसकेमा संविधान कार्यान्वयन नहुनेमा चिन्ता व्यक्त गर्दै प्रमुख तीन दलले राष्ट्रिय सहमति गरेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पुष्पलालको जन्मस्थान रामेछापको भङ्गेरीलाई ऐतिहासिक महत्वको स्थल बनाउनुपर्ने सुझाव दिनुभयो ।

पार्टीका पोलिटब्युरो सदस्य बेदुराम भुसाल, प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईले पुष्पलालको विचारले नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सही मार्गनिर्देश गरेको विचार व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा पुष्पलालको सालिकमा माल्यार्पण गरिएको थियो भने ‘पुष्पलाल’ र ‘नवयुग’ पत्रिकाको विशेषाङ्क विमोचन गरिएको थियो ।

‘राजनीतिक विकास क्रममा पुष्पलालले पुर्याएको योगदान अतुलनीय’

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष ऋषि कट्टेलले मुलुकको राजनीतिक विकास क्रममा पुष्पलालले पुर्याएको योगदान अतुलनीय रहेको बताउनुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसमा आज यहाँ पदयात्रापछि भएको सभामा उहाँले देशमा सामाजिक न्याय र समानता कायम गर्न सकेमा मात्र उहाँप्रति साँचो सम्मान हुने बताउनुभयो ।

सोही दलका उपाध्यक्ष लोकनारायण सुवेदीले मुलुकमा विभिन्न चिरामा बाँडिएका कम्युनिस्ट पार्टी अब एकताबद्ध भई उहाँले स्थापना गरेको विचार तथा सिद्धान्तलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रवीण मिश्रले निरङ्कुश जहानिया शासनको अन्त्य गर्न लोकतन्त्र र वामपन्थीका एकताबाट संयुक्त जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार रहेको बताउनुभयो ।

पार्टीले ‘पुष्पलाल र आजको राष्ट्रिय राजनीति’ विषयमा प्रवचन, रक्तदान, विद्यालयस्तरीय वादविवाद प्रतियोगिता लगायत कार्यक्रम यही साउन ११ गतेसम्म सञ्चालन गर्ने भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK