सरकार नै जनताको ढाड सेक्ने तयारीमा

ENGLISH

BUSINESS

सरकार नै जनताको ढाड सेक्ने तयारीमा

11 March, 2016 | Anjana Bhandari | 630 Views | comments

सरकारले नेपाल आयल निगमले भन्दा लिटरमा ३१ रुपैया महँगोमा पेट्रोल बेच्न विराट पेट्रोलियमलाई अनमती दिएर जनताको ढाड सेक्ने काम गरेको छ । आयल निगमले २७ रुपैया  नाफा राखेर बिक्री गरेको पेट्रोलमा थप ३१ रुपैया महँगोमा विराटलाई बिक्री अनुमती दिएको हो ।

nocसरकारको यस्तो निर्णयले नेपाली जन्तालाई सरासर मारमा पार्न खोजेको र कालो बजारीलाई बढवा दिएको प्रष्ट हुन्छ ।

विराटले अहिले १ लाख २२ हजार पेट्रोल ल्याएको छ । यो आधारमा विराटले एक खेपमै ६४ लाख ६६ हजार रुपैया कमाउँछ । यही नाफा देखेर विराटले जोखिम मोलेर पेट्रोल ल्याइरहेको छ । स्रोतका अनुसार यो नाफाको केही प्रतिशत आयल निगम, आपूर्ति मन्त्रालय र नियमन गर्ने संवैधानिक निकायसम्म लगायतका शक्तिकेन्द्रलाई बुझाउनुपर्छ ।

यही शक्तिकेन्द्रलाई बुझाएको कारण धेरै नीतिगत् निर्णय सहज रुपमा हुने गरेको छ ।आयल निगमले पेट्रोलियम पदार्थ बिक्री सम्वन्धी विनियमावलीलाई समेत सस्पेन्ड गरेर विराटलाई तेल बेच्न अनमती दिएको छ । निगमका बिक्रेता विनियमावलीमा कुनै पम्पले निगम वाहेकको तेल बिक्री गरेमा तत्कालै निलम्बन गरेर तेल बिक्री गर्न रोक्ने प्राबधान छ ।

तर निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले यो विनियमावलीलाई ‘सस्पेन्ड’ गरेर दुई पटक पेट्रोल बिक्री गर्न दिइसकेका छन् । यही रकम बुझाउनु पर्ने भएकोले विराटले तेलको मूल्य समेत महँगो राख्नुपर्ने बाध्यात्मक अवस्था छ । ६ महिनाको लागि अस्थायी रुपमा पेट्रोलियम पदार्थ ल्याउने अनुमती पाएको विराटले अब डिजेल पनि ल्याउने भएको छ ।

उप्रेतीका अनुसार अब केही दिनभित्रै १ लाख २० हजार लिटर डिजेल नेपाल भित्रिनेछ । उनले ठूला परियोजनालाई डिजेल बिक्री गर्ने र मूल्य महँगो नहुने बताएका छन् । यदि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात कम गर्ने र विराटले एकलौटी रुपमा पेट्रोलियम पदार्थ बिक्री गर्ने हो भने नेपाली जनता कानुनी रुपमा ठगीमा पर्नेछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK