सरकार निर्वाचनको मिति घोषणा गर्न डरायो :खनाल

ENGLISH

POLITICS

सरकार निर्वाचनको मिति घोषणा गर्न डरायो :खनाल

30 January, 2017 | Krishna Adhikari | 860 Views | comments

khanalनेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले निर्वाचन मिति घोषणा गर्न नसके नेकपा (माओवादी केन्द्र) सरकारमा बसिरहनुको कुनै औचित्य नरहेको बताउनुभएको छ ।

संविधान कार्यन्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा  इलामको समालबुङ गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता खनालले ‘आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ, यदि त्यसका लागि अहिलेनै निर्वाचन मिति घोषणा हुँदैन भने प्रचण्ड सरकारमा बस्नुको कुनै अर्थ छैन,’ उहाँले भन्नुभयो । नेपाली काँग्रेस र माओवादी केन्द्र डराएका कारण निर्वाचन मिति घोषणा गर्न नसकेको आरोप समेत उहाँले लगाउनुभयो ।

अङ्गीकृतलाई प्रमुख पद दिने र हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन विदेशीको इशारामा संविधान संशोधनको कुरा आएको बताउँदै उहाँले विदेशीलाई खुसी पार्ने संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा पास हुन नदिने बताउनुभयो ।

निर्वाचन मिति घोषणा नगरे सो घोषणा गर्न एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताउँदै उहाँले राष्ट्रलाई कमजोर बनाउने कुनैपनि काम नगर्न सरकारलाई आग्रह गर्नुभयो ।

अबको निर्वाचनबाट एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै आफ्नो पार्टीले गाउँ–गाउँमा अभियान सञ्चालन जारी राखेको उहाँको भनाइ थियो । सोही अवसरमा माओवादी, काँग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी आएका सयजनाभन्दा बढीलाई उहाँले स्वागत गर्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK