सरकारी वकिल र प्रहरीबीचको दूरी कम गर्न सम्मेलनको आयोजना

ENGLISH

सरकारी वकिल र प्रहरीबीचको दूरी कम गर्न सम्मेलनको आयोजना

26 January, 2017 | Krishna Adhikari | 810 Views | comments

aryal-raman

अनुसन्धानकर्ता प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलन यही माघ १४ देखि १६ गतेसम्म काठमाडौँमा आयोजना गरिने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयले संयुक्त रुपमा  आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जानकारी दिइयो ।

प्रहरी र सरकारी वकिलबीच समन्वय विकास गर्न, अपराध अनुसन्धान तथा अभियोजनमा साझा धारणा विकास गरी फौज्दारी मुद्दाको अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन सम्मेलनको आयोजना गरिएको कार्यक्रममा जानकारी दिइयो ।

महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सम्मेलनले फैज्दारी न्याय प्रणालीमा फड्को मार्ने आशा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – “सरकारवादी फौज्दारी मुद्दामा किन पूर्ण सफलता पाइराखिएकोे छैन, अभियुक्तहरुले उन्मुक्ति पाउने वातावरण किन बन्यो भन्नेमा सम्मेलनमा गम्भीर समीक्षा हुनेछ ।”

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सम्मेलनपश्चात् सरकारी वकिल र प्रहरीबीचको असमझदारी र दूरी अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो– “प्रहरीले सरकारी वकिललाई दोष देखाउने र सरकारी वकिलले प्रहरीलाई दोष देखाउने अहिलेको परिपाटीको अन्त्य गरी कसरी वस्तुनिष्ठ अनुसन्धान र भरपर्दो अभियोजन गर्ने भन्नेमा दुवै निकायको सहकार्य हुनेछ ।

प्रहरी र सरकारी वकिलहरुलाई एकै थलोमा जम्मा गरी विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण अनुसन्धानकर्ता र अभियोजनकर्ताहरु एकै ठाउँमा जम्मा गरी विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्नका लागि सम्मेलन प्रभावकारी हुने आयोजकले विश्वास व्यक्त गरेका छन् ।

सरकारवादी फौज्दारी मुद्दाको अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारको क्षेत्रहरु पहिचान गर्ने, समस्याको पहिचान गरी समाधानको उपायहरु पहिल्याउने, दुई निकायबीच समन्वयको विकास गर्ने, साझा धारणा विकास गर्ने र अपराध अनुसन्धान र अभियोजनसम्बन्धी नयाँ कानुनी व्यवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरुपता कायम गर्ने सम्मेलनको उद्देश्य छ ।सम्मेलनको बन्दसत्रमा सहभागीहरुलाई पाँच समूहमा विभाजन गरी विभिन्न आठ विषयमा छलफल गरिनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चलचित्र ‘जय शम्भु’को फस्ट लुक सार्वजनिक

रुपेश गुरुङ निर्देशित चलचित्र ‘जय शम्भु’ को फस्टलुक सार्वजनिक...

एनआरएनए फ्रान्सको आयोजनामा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान...

rudra prasad pun

फ्रान्समा एकजना नेपाली युवाको आकस्मिक निधन

फ्रान्समा बिगत लामो समय देखि बस्दै आएका मिलनसार,सहयोगी, समाजसेवी...

प्रविधिमा अगाडि साँफेबगर नगरपालिका

अछाम । जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK