सरकारले गुरुङको उपचारमा सक्दो सहयोग गर्ने

ENGLISH

ENTERTAINMENT

सरकारले गुरुङको उपचारमा सक्दो सहयोग गर्ने

6 June, 2016 | Sandeep Bhattarai | 600 Views | comments

ambarप्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति बुझ्न आइतबार धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुग्नुभएको छ ।

आइतबार अपराह्न अस्पताल पुग्नुभएका उहाँले त्यहाँ गुरुङका परिवारजन र उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको थियो । प्रधानमन्त्री ओलीले सङ्गीतकार गुरुङलाई सरकारले जतिसक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको गुरुङका सहयोगी रतन चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्रीले त्यहाँ करिब २० मिनेट बिताउनुभएको थियो । अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत हुनुहन्छ । भेन्टिलेटरमा राखी उपचार भइरहेको उहाँको स्वास्थ्यस्थिति शुक्रबार बिहान गम्भीर भए पनि शनिबार सामान्य सुधार आएको थियो ।

गुरुङसँग निकट भएर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहनुभएका चन्दले उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै भन्नुभयो – “अहिले उहाँको स्वास्थ्यस्थिति हिजो(शनिबार)कै जस्तो सामान्य छ ।”यसैबीच सूचना तथा सञ्चारमन्त्री शेरधन राईले राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था बुझ्न आइतबार ग्रान्डी अस्पताल जानुभएको छ ।

सरकारका प्रवक्ता राईले उहाँलाई ‘राष्ट्रगायक’ को पदबाट विभूषित गर्नुपर्नेमा जोड दिँदै त्यसको लागि प्रधानमन्त्रीसँग सल्लाह गरिने बताउनुभयो । मन्त्री राईले उपचारका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले जानकारी दिनुभयो ।
उहाँको स्वास्थ्य अवस्थाकाबारे थप जानकारी लिन साहित्यकार, सङ्गीतकर्मी लगायतको अस्पतालमा सहभागिता बढेको छ । गुरुङ शुक्रबार राति १ः३० बजे एक्कासि बेहोस भएपछि कृत्रिम श्वासप्रश्वास दिएर राखिएको छ ।

यो पनि हेर्नुस – भुवनले पाए आफ्नो ड्रिम्सको क्षतिपुर्ती

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK