सरकारलाई दिइएको समर्थन माओवादी केन्द्रद्वारा फिर्ता

ENGLISH

POLITICS

सरकारलाई दिइएको समर्थन माओवादी केन्द्रद्वारा फिर्ता

12 July, 2016 | Sandeep Bhattarai | 1890 Views | comments

नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

maoist-office-660x294

माओवादी केन्द्रले नेकपा(एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सामान्य प्रशासनमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै माओवादीका तर्फबाट सरकारमा सहभागी आपूर्तिमन्त्री गणेशमान पुनले पनि सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको बताउनुभयो ।

केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएका सम्बन्धमा आजै प्रधानमन्त्री र सभामुखलाई जानकारी गराइने बताएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने लगायत विषयमा जानकारी दिन पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आज अपराह्न २ बजे पत्रकार सम्मेलन गरिँदैछ । पार्टी प्रवक्ता पम्फा भुसालले पत्रकार सम्मेलनमा नै सबै विषयमा जानकारी दिइने बताउनुभयो ।

माओवादीका मन्त्री फिर्ता

नेकपा(माओवादी केन्द्र)ले वर्तमान सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको पत्र पठाउँदै वर्तमान नेकपा(एमाले) नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको हो । एमालेसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न वर्तमान सरकारले कार्यान्वयन गर्न तयार नभएको भन्दै सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जनाएको हो ।

वतर्मान सरकारबाट समर्थन फिर्ता लिइएको पत्रमा पूर्वसहमति कार्यान्वयन गर्न सरकार तयार नभएको हुँदा पार्टी अब यस सरकारमा सहभागी रहिरहन राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट फिर्ता लिएको उल्लेख छ ।

माओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको जानकारी समेत प्रधानमन्त्री ओलीलाई गराएको छ । पत्रमा अध्यक्ष दाहालले पार्टीको सो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने विश्वास लिनुभएको छ ।

सत्ता साझेदार दुई दलबीच गत वैशाख २३ गते नौबुँदे सहमति भएको थियो । पत्रमा संविधान कार्यान्वयन गर्न, सङ्क्रमणकालीन न्याय लगायत शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न, तराई–मधेसमा भएको आन्दोलन एवम् थारू लगायत सबै आदिवासी, जनजाति र सरोकार भएकाहरुको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माण गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको पार्टीको धारणा रहेको जनाइएको छ ।

यो पनि हेर्नुस – नीति तथा कार्यक्रम र बजेटलाई राष्ट्र विकास प्रयासको प्रस्थान बिन्दुका रुपमा अगाडि बढाइने : प्रम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK