सरकारका ५ महिना : १३ प्राथमिकताका क्षेत्रमा सुशासनका लागि मानक थालनी

ENGLISH

POLITICS

सरकारका ५ महिना : १३ प्राथमिकताका क्षेत्रमा सुशासनका लागि मानक थालनी

–रमेश लम्साल, रासस

13 August, 2018 | Sandeep Bhattarai | 2845 Views | comments

सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्य, विकास निर्माणको ढिलासुस्ती हटाउने लगायत १३ प्राथमिकताका क्षेत्रमा ‘सुशासनका लागि मानक थालनी’ गरेको छ ।

वर्तमान सरकार गठन भएपछि सम्पादन भएका कामको बारेमा प्रकाशित ‘वर्तमान सरकारका ५ महिना’ नामक पुस्तकमा तस्करमाथि कारवाही र प्रभावकारी नियन्त्रण, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खरीदमा मितव्ययिता, खरीद अनियमितता रोक्न एकीकृत सूचना प्रणाली, सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता, कन्सुलर प्रमाणीकरणमा सहजतालगायत विषय समेटिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गत फागुन ३ गते गठन भएको हो । यस्तै सरकारले राजदूत नियुक्तिमा मापदण्डको तर्जुमा, सुरक्षाकर्मी दुरुपयोगको अन्त्य, राजमार्ग र सडक सुरक्षाको प्रबन्ध, अध्यागमन व्यवस्थापनमा टोकन प्रणाली लागू र पेट्रोलियम पदार्थको चुहावट रोक्न लकिङ प्रणालीको शुरुआत गरिएको छ ।

सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्य गरी देशभर नै एकैसाथ ‘रुट परमिट’(मार्ग अनुमति) खुला गरेको छ । यातायात व्यवस्था विभाग र मातहतका यातायात व्यवस्था कार्यालयबाट यातायात सेवाको पञ्जीकरण गर्ने, २०७५ साउनदेखि यातायात संघसंस्था र समितिको नवीकरणमा रोक र त्यस्ता समितिको दर्ता खारेजी प्रक्रिया अगाडि बढाइएको छ । त्यस्तै संस्थाले बहन गर्न बाँकी रहेको दुर्घटना बीमालगायत अनिवार्य दायित्व प्रमुख जिल्ला अधिकारीमार्फत फरफारक हुने व्यवस्था मिलाइएको छ । नयाँ कम्पनी खोल्न सरकारी निकायबाहेक अरु कसैको सिफारिश लिनु नपर्ने र आगामी मंसिरसम्मका पुराना समिति कम्पनीमा रुपान्तरित भइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

सो अवधिमा सुन तस्करीमा संलग्नको संगठित अपराधको सञ्जाल भत्काउने कार्यमा सफलता मिलेको छ । हत्या र सुन तस्करीमा संलग्न ७५ जनालाई प्रतिवादी कायम गरी मुद्दा चलाइएकामा ४५ जना पक्राउ परेका र ३१ जना फरार छन् । संगठित अपराधको सञ्जालमा आबद्धमध्ये हालसम्म ३६ जनाको बैंक खाता रोक्का गरिएको छ । सरकारले सुन तस्करीको सञ्जाल धेरै हदसम्म छिन्नभिन्न पारेको छ ।
यस्तै तोकिएको समयसीमाभित्र गुणस्तर कायम गर्दै लागतबमोजिमको काम सम्पन्न नगर्ने र ढिलाइ गर्ने सार्वजनिक निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायी तथा आयोजनाको जिल्लागत विवरण तयार भएको छ । ठेकेदार वा कर्मचारीको मिलेमतोमा भएको ढिलासुस्तीमाथिको कारवाहीलाई निरन्तरता दिँदै अनुगमनलाई व्यापक बनाइएको छ ।

यस्तै वर्तमान सरकार गठन भएपछि औचित्यहीन विदेश भ्रमणमा पूर्ण रुपमा रोक लगाइएको छ । आर्थिक वर्ष २०७४÷७५ फागुनदेखि असारसम्म वैदेशिक भ्रमणमा अर्थ मन्त्रालयले मात्रै रु दुई करोड खर्च गरेकामा वर्तमान सरकार गठन भएपछि रु ३५ लाख मात्र खर्च भएको छ । विदेश भ्रमणलाई उपयोगी, नतिजामुखी, मितव्ययी र पारदर्शी बनाउन वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका स्वीकृत गरी लागू गरिएको छ ।

यस्तै वर्तमान सरकार गठन भएपछि रु दुई करोड ४२ लाख गृह मन्त्रालयबाट आर्थिक सहायता र चन्दा वितरण भएको छ । सार्वजनिक खरीदमा हुने अनियमितता रोक्न र आर्थिक पारदर्शिता कायम गर्न एकीकृत सूचना प्रणाली लागू गरिएको छ । यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता अपनाएको र विद्युतीय प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रणाली लागू गरिएको छ । सो सेवा वडा तहसम्मै लागू भएको छ ।

घरेलु कामदारका रुपमा दुरुपयोग गरिएका १५१ सुरक्षाकर्मीलाई नियमित सुरक्षा कार्यमा फर्काइएको छ । यस्तै सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन सचिवालय स्थापना भएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दैनिक २१ घण्टा सञ्चालनमा ल्याइएको छ । गौतमबुद्ध विमानस्थलको निर्माण ५२ प्रतिशत सम्पन्न भएको छ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले गति लिएको छ । निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको छ ।

नेपाल र जापानबीच हवाई सेवा सम्झौता पुनरवलोकन भई अब सातामा १४ उडान हुने वातावरण बनेको, नेपाल वायु सेवा निगमले वाइड बडी दुई जहाज खरिद गरेको छ भने विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढीबाट थप हवाई प्रवेश मार्गसमेत उपलब्ध भएको छ ।
वर्तमान सरकार गठन भएपछि नेपालको आवश्यकता र प्राथमिकतामा आधारित विदेश सम्बन्ध विस्तार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी मित्रराष्ट्र भारत र चीनको भ्रमण गर्नुभएको छ । सरकारले राजदूत नियुक्तिमा समेत मापदण्ड तयार पारी पूर्ण रुपमा लागू गरेको छ । आधा घण्टाभित्रै कन्सुलर प्रमाणीकरण गर्ने पद्धति लागू गरिएको र छिटोछरितो रुपमा सरकारी दस्तावेजको आधिकारिकता प्रमाणित गर्ने व्यवस्थाबाट उपभोक्तालाई सहज भएको छ ।

सोहीअवधिमा नेपाल र भारतबीच शदियौँ पहिलेदेखि भएका सन्धिसम्झौताको पुनरवलोकनका लागि परामर्श दिन दुवै देशले बनाएको प्रबुद्ध व्यक्ति समूहले प्रतिवेदन तयार पारेको छ । दश वर्षदेखि विराटनगरमा रहँदै आएको भारतीय विशेष सुरक्षा शिविर सरकारको पहलमा हटेको छ । जलमार्गका लागि स्थलगत अध्ययन भएको छ भने ऊर्जा उत्पादनमा बाह्य सहयोगका लागि चीनसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

वर्तमान सरकार गठन भएपछि नेपाल भारत विद्युत् व्यापार सम्झौता कार्यान्वयन गर्न गठित कार्य समूह र संयुक्त निर्देशक समितिमा दोस्रो अन्तरदेशीय प्रसारण लाइन, ऊर्जा बैंकिङ, कुशाहा– कटैया तथा रक्सौल परवानीपुर प्रसारण लाइनको थप अध्ययन गर्ने सहमति भएको छ ।

वर्तमान सरकार गठन हुनुपूर्व राजश्व संकलन तोकिएअनुसार हुन नसके पनि सरकारले पछिल्लो पाँच महिनामा लक्ष्यभन्दा बढी रु सात खर्ब ३२ अर्ब राजश्व संकलन गरेको छ । गत आवमा रु सात खर्ब ३० अर्बको लक्ष्य राखिएको थियो ।

यस्तै सरकारले छ आन्तरिक राजश्व कार्यालय र नौ करदाता सेवा कार्यालय स्थापना गरेको छ । विकास खर्चमा उत्साहजनक वृद्धि भएको छ भने स्थानीय तहमा बैंकिङ सेवाको विस्तार, पूँजी बजारमा डिजिटल पेमेन्ट हुनाका साथै निक्षेप तथा कर्जा सुरक्षा कोषको पूँजी वृद्धि गरी रु आठ अर्ब पुर्याइएको छ । साना निक्षेपकर्ताको निक्षेपको अनिवार्य बीमा सीमा वृद्धि गरी रु तीन लाख पुर्याइएको छ । चलचित्र उद्योगमा बक्स अफिस लागू गरिएको छ भने श्रमिकलाई बैंकमार्फत तलब दिने व्यवस्था लागू गरिएको छ ।

लामो समयदेखि समस्यामा परेको ‘मुलुकको जीवनरेखा’ मुग्लिन– नारायणगढ सडकखण्डको कालोपत्रे सम्पन्न भएको छ । सोही अवधिमा १८७ तुइन हटाउने अभियानअन्तर्गत ९० झोलुङ्गे पूलको निर्माण भएका छन् । भेरी –बबई डाइभर्सन आयोजनाको सुरुङ ६ किमी सम्पन्न भएको छ ।

ऊर्जामा आत्मनिर्भर बनाउने कार्यको थालनी यसै अवधिमा भएको छ भने शिक्ष क्षेत्रमा दूरगामी महत्वका विभिन्न काम अगाडि बढेका छन् । भूकम्पपछिको पुनःनिर्माणमा समेत नतिजामुखी काम शुरु भएको छ । एक लाख ७१ हजार ७७४ लाभग्राहीलाई तेस्रो किस्तावापतको अनुदान उपलब्ध गराइएको छ भने एक लाख ५१ हजार २८० लाभग्राहीका निजी आवास प्रमाणीकरण भएका छन् ।

ओली सरकारका मन्त्रीहरु ;रोडपति’देखि ‘करोडपति’सम्म

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK