सम्राट दाहालसँग विवाह गर्नु मेरो भुल थियो : नायिका मनीषा कोइराला

ENGLISH

ENTERTAINMENT

सम्राट दाहालसँग विवाह गर्नु मेरो भुल थियो : नायिका मनीषा कोइराला

25 May, 2017 | Bipin Acharya | 675 Views | comments

नेपाली मूलकी बलिउड नायिका मनीषा कोइरालाले सात वर्ष पहिले निकै हतारमा गरेको विवाहको निर्णयप्रति पश्चाताप गरेकी छिन् । उनले राम्रोसँग नसोची विवाहको निर्णयमा पुग्नु गलत भएको बताएकी छिन् ।

मनीषालाई विवाह गरेको कुरामा पछुतो भएको छ । तर, यसको जिम्मेवार आफूलाई उनले ठान्छिन् ।

आफ्नो कमब्याक फिल्म ‘डियर माया’को प्रोमोसनमा लागिपरेकी मनीषा कोइरालाले एक भारतीय मिडियासँगको कुराकानीमा भनिन्, ‘हो, म आफ्नो विवाहको निर्णयलाई गलत मान्छु । यो कुराको पूरा जिम्मेवारी म आफैं लिन्छु किनभने उक्त विवाह मैले निकै हतारमा गरेकी थिएँ । यस विषयमा मैले निकै सोँच विचार गर्नु पर्दथ्यो जुन मैले गरिनँ । म यसबारे योभन्दा बढी केही पनि भन्न सक्दिनँ ।’

मनीषा कोइरालाले सन् २०१० मा व्यापारी सम्रट दाहालसँग विवाह गरेकी थिइन् । विवाहको दुई वर्षपछि सन् २०१२ मा सम्बन्धविच्छेद भएको थियो ।

मनीषा कोराला भन्छिन्, ‘हेर्नुहोस्, आजकालका पिढिका किशोरीहरूसँग म निकै प्रभावित छु । आजकालका किशोरीहरु निकै बोल्ड छन् । उनीहरूले आफूलाई निकै राम्रोसँग चिनेका छन्, उद्देश्य लिन्छन् र आफ्नो गोल आफैं सेट गर्छन् । मलाई आजको पीढिका किशोरीहरु निकै राम्रा लाग्छन् । महिला यस्तै हुनुपर्छ किनभने हामीले एउटै जिन्दगी पाउँछौं ।’

नयाँ महिला निर्देशक सुनैना भटनागरको निर्देशनमा तयार मनीषाको फिल्म ‘डियर माया’ जून २ तारिखमा रिलिज हुँदैछ । यो फिल्मपछि मनीषाका साथै राज कुमार हिरानीको निर्देशनमा बनिरहेको संजय दत्तको बायोपिकमा नरगिस दत्तको भूमिकामा देखिनेछन् । – एजेन्सी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK