गैरआवासीय नेपाली संघको पाँचौं एसिया क्षेत्रीय सम्मेलन मार्च १९ तारिखका दिन क्वालालम्पुरमा हुँदैछ ।
‘समृद्ध राष्ट्र निमार्णका लागि दक्ष जनशक्ति’ भन्ने मुल नाराका साथ आयोजना हुने सम्मेलनमा जापान लगायत एसिया प्यासिफिक क्षेत्रका १५ वढी राष्ट्रका एनसीसीका अध्यक्ष लगायतका प्रतिनिधिहरुको सहभागिता हुने छ।
एसियाली राष्ट्रहरुको लागि निकै महत्वपूर्ण मानिएको यो सम्मेलनमा के कस्ता घोषणा हुन्छ त्यो त यस सम्मेलनको घोषणा पत्रले नै जारी गर्दछ तर अहिले यस सम्मेलनको तयारी तीव्र रुपमा भैरहेको छ । मार्च १८ र १९ तारिक मलेसियाको राजधानी क्वालालाम्पुरमा आयोजना हुन लागेको यस सम्मेलनमा नेपालको समृद्धिका लागि दक्ष जनशक्ति निमार्णमा गैरआवासीय नेपाली सहित सरोकारवालाहरुले निभाउनु पर्ने भूमिकाका वारेमा विशेष छलफल हुनेछ ।
परराष्ट्र मन्त्री प्रकाशशरण महतले उद्घाटन गर्ने यस सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको पनि सहभागिता हुने जनाइएको छ । साथै सम्मेलनका लागि सिंगापुर, थाईल्याण्ड, जापान, इण्डोनेसिया, हङकङ, मकाउ, अष्ट्रेलिया, जर्मनी, साउदी अरेबिया, कतारलगायत दर्जनभन्दा बढी मुलुकबाट उक्त संघका पदाधिकारीहरु सहभागी भएका छन् ।
विश्वभरका विभिन्न ७५ मुलुकहरुमा समिति विस्तार एवं स्थापना भइसकेको उक्त संघको सम्मेलनमा संघका प्रमुख संरक्षक जीवा लामिछाने, सल्लाहकारहरु त्रिलोक गुरुङ, टिबि कार्की, शंकरबहादुर पौडेल, अध्यक्ष शेष घले, उपाध्यक्षहरु क्रमश: भवन भट्ट, कुमार पन्त, महासचीव बद्री केसीलगायत एनआरएनका नेतृत्वको सहभागीता रहेको छ ।
सम्मेलन मुलतः सीप हस्तान्तरण, उद्यमशीलता विकाश र सामूहिक लगानीका बिषयमा केन्द्रीत हुने बताइएको छ ।सम्मेलनको पूर्वसन्ध्यामा क्वालालम्पुरमा शनिवार फुटसल प्रतियोगिता आयोजना गरियो । आपतमा विपतमा पर्ने नेपाली कामदारको हितमा यसअघि स्थापना गरिएको ‘कल्याणकारी कोष’ लाई थप मजबुत र प्रभावकारी बनाउन केन्द्रीत गर्ने गरि आयोजना हुन लागेको यो सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ ।
आशा गरौ यस सम्मेलन भब्य र सभ्य रहोस साथै यस सम्मेलनले ठोस निर्णय पारित गरोस ।
नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...
संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...
तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...