सम्पूर्ण नेपालीमा बडा दशैंको शुभकामना (सम्पादकीय)

ENGLISH

सम्पूर्ण नेपालीमा बडा दशैंको शुभकामना (सम्पादकीय)

29 September, 2017 | Sandeep Bhattarai | 6025 Views | comments

सम्पूर्ण नेपालीमा बडा दशैंको शुभकामना

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरू हुने र नौ दिनसम्म शक्तिमाता दुर्गा भवानीको पूजा–आराधना गरी मनाउँदै दशौं दिन मान्यजनहरूको हातबाट विजया दशमीको टीका ग्रहण गरी उल्लासमय वातावरणमा यो चाडपर्व मनाइन्छ । आध्यामिक चेतनाले अनुप्राणित नेपाली समाजमा बडा दशैंको धार्मिक–सांस्कृतिक महत्व बिशिष्ट छ ।

यो चाडपर्वले नेपाली समाजको सांस्कृतिक–धार्मिक बिशिष्टताको परिचय दिँदैआएको छ । एकआपसमा मेलमिलाप, सामाजिक सद्भाव र सहिष्णुता प्रदर्शनको सामूहिक संस्कृति निर्माण नै नेपाली समाजको आदर्श पक्ष हो र यसको जगेर्ना गर्नसके हाम्रो देश, हाम्रो समाज, हाम्रो संस्कृति सदा एकतावद्ध र जीवन्त रहनसक्छ । समग्रतामा बडादशैं र विजया दशमीको पावन पर्वले प्रवाह गर्दैआएको सन्देश नै यही हो ।

हिन्दु धर्म, संस्कृति र जीवन पद्धतिबाट अभिसिञ्चित हुँदै विकसित भएका मानव कल्याणकारी सन्देशहरू क्रमशः विलुप्त हुँदै गएका छन् भने विधर्मी संस्कृतिको आक्रामक गतिले नेपाली समाजको मौलिक अस्तित्व नै समाप्त हुनेसम्मका खतरापूर्ण संकेतहरू नेपाली समाजभित्रै मडारिइरहेका छन् । युगौंदेखि विविधताबीच एकताको बिशिष्ट नमूना प्रदर्शन गर्दैआएको नेपाली समाजमा आज वैदेशिक क्षेत्रबाट सुनियोजित रुपमा प्रक्षेपित अतिक्रमणकारी धारणाहरूले ठूलै वित्तण्डा मच्चाइरहेका छन् ।

राजनीतिक परिवर्तन र सामाजिक–आर्थिक रूपान्तरणको लहरले सिंगो नेपाली समाज प्रभावित भैरहेको मौका छोपेर नेपाली समाजको सद्भाव, मेलमिलाप र सहिष्णुताको संस्कार र संस्कृति नष्ट गर्न खोज्ने आसुरी प्रवृत्तिप्रति नेपाली समाज सचेत हुनैपर्ने अवस्था सिर्जित भैसकेको छ ।

परिवारजनसंग भेटघाट गर्ने, राम्रा–राम्रा नयाँ लुगा लगाउने, मीठो–मीठो खाने र सुख–समृद्धिको अनुभूत गराउने यो अवसरलाई सवै नेपालीले समान रुपमा मनाउन सक्ने वाञ्छित वातावरणको सिर्जना एकातिर नितान्त दुरुह बन्दैगएको छ भने राष्ट्रिय संस्कृतिविरुद्धका छद्म अभियानहरू पनि उत्तिकै उत्कर्षमुखी छन् । यो नेपाली समाजमा थपिँदैगएको गम्भीर चिन्ताको विषय हो ।

हाम्रा आफ्ना मौलिक पहिचानहरूमाथि अनेक कुनाबाट प्रहार गर्ने र यो देशको सार्वभौमिकता, अखण्डता र एकतामाथि धावा बोल्ने धृष्टतापूर्ण गतिविधिका दुष्परिणामहरू जताततै देखापरिरहेका छन् । नेपालको भूगोल, इतिहास, राजनीति, अर्थव्यवस्थादेखि लिएर सामाजिक, धार्मिक, भाषिक, सांस्कृतिक हरेक क्षेत्र अतिक्रमण, अपव्याख्या, विचलन, अवनति र विध्वंशात्मक प्रहारको सुनियोजित अभियानको चपेटामा पर्दैगएको छ ।

विधर्मीहरूले नानाथरी भ्रमात्मक प्रचार गरेर नेपालको मौलिक संस्कृति नष्ट गर्ने जुन षडयन्त्र गरिरहेका छन् त्यसले तीब्र गति लिइरहेकाले धर्मपरिवर्तन र रूपान्तरणको वेग तीब्रतर बन्दैगएको छ । बडादशैं जस्तो राष्ट्रिय चाडपर्वको समेत विरोध र बहिष्कारको बीजारोपण गर्ने विधर्मीहरूको दुस्प्रयासको प्रभाव भलै नेपाली समाजमा न्यून नै रहे पनि राजनीतिक विचलनका दुष्परिणामहरूले सांस्कृतिक विचलनलाई मलजल गरिरहेको कुरालाई नकार्नसकिने अवस्था छैन ।

हाम्रो संस्कृति हाम्रो पहिचान हो । हामीले हाम्रो संस्कृतिको रक्षा गर्नसक्यौं भने मात्र हाम्रो पहिचान कायम रहिरहन सक्छ र हाम्रो देशको अस्तित्व संरक्षित हुनसक्छ । बडादशैंलगायतका हाम्रा राष्ट्रिय चाडपर्वहरूले हामीलाई आपसी सद्भाव र मेलमिलाप, सिर्जनात्मक सोच र सांस्कृतिक सचेततातिर अभिप्रेरित गरिरहेका छन् ।
सांस्कृतिक विचलनलाई प्रोत्साहन दिने कुनै पनि प्रकारका गतिविधिले मुलुकलाई अस्तित्वविहीन अवस्थातिर धकेल्ने कुत्सित ध्येय राखेको तथ्यलाई सवै नेपालीले समयमा नै बुझेर राष्ट्रको मौलिक पहिचान र अस्मिताको रक्षाका लागि आफूलाई समर्पित गर्नुपर्ने दिन आइसकेको छ ।

कामना गरौं– भविष्यमा हामी नेपालीका दिन फिरुन, सवै नेपालीहरूले आफन्तजनहरूसंग बसेर बडा दशैं जस्तो राष्ट्रिय चाडपर्व मनाउन पाउन् । नेपाली जनताबीचको एकता, सद्भाव र मेलमिलापले नेपाली समाजको विशिष्ट सांस्कृतिक पहिचान कायम राखिरहन सकोस् । मौलिक पहिचानको राष्ट्रिय चाडपर्व बडादशैंले हामी सवै नेपालीजनमा शान्ति, समृद्धि र खुशीको लहर ल्याओस् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

nepal-diwas

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...

mawarak-pawarak-lake

मावरक–पावरक ताल

सुनसरी जिल्लाको उत्तरी सिमा जोडिएको धनकुटाको पर्यटकीय स्थल राजारानीमा...

rabindra-adhikari

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...

the-darkness-becon

चलचित्र ‘द डार्कनेस बेकन’ मा भूकम्पको पीडा

तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK