सम्पादकीय : फेरी राष्ट्रपतिमा भण्डारी

ENGLISH

सम्पादकीय : फेरी राष्ट्रपतिमा भण्डारी

सन्दीप भट्टराई

18 March, 2018 | Sandeep Bhattarai | 2480 Views | comments

नेपालको इतिहासमा राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोस्रोपटक निर्वाचित भएकी छन् । मंगलबार भएको राष्ट्रपती निर्वाचनमा भण्डारी तेस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

उनले ३९ हजार २७५ मतभार प्राप्त गरेकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरिन् । उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।

संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए । उनी वाम गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेकी थिईन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा उनी दोस्रो पटक निर्वाचुत भएकी हुन् ।

बुधबार राष्ट्रपतिमा निर्वाचित भण्डारीले बिहिबार अपराह्न ४ बजे प्रधान न्यायाधीशबाट आफ्नो पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी नेपालको नीति निर्माण तहमा समेत उल्लेखनीय योगदान गर्नुभएका नेपाली राजनीतिमा स्थापित व्यक्तित्व हुन् ।

भोजपुर क्याम्पसमा पढ्दा २०३५ सालमा तत्कालीन नेकपा (माले) सम्बद्ध युवा लीगमा सङ्गठित भई उनी २०३७ सालमा काठमाडौँमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि छानिईन ।

उनले विसं २०३७ मा तत्कालीन नेकपा (माले) को सदस्यता प्राप्त गरेकी थिइन् भने २०३६ देखि २०४४ सालसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य भई काम गरेकी थिइन् । नेपालको संविधान एवम् विधि निर्माणमा महत्वपूर्ण भूमिका खेलेकी भण्डारी गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित भएकोमा राष्ट्राध्यक्ष जस्तो गरिमामय पदका लागि एकदमै उपयुक्त उम्मेदवार छनोट भएको पार्टीको विश्वास छ ।

एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार हुँदा उनले २०६७ देखि २०६९ सम्म रक्षा मन्त्रालयजस्तो चुनौतीपूर्ण जिम्मेवारी बहन गरिन् । राजनीतिक यात्राका क्रममा उन्ल;ए भारत, चीन, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, ब्राजिल, अमेरिका, क्यानाडा र इटालीको भ्रमण गरेकी छिन् ।

नेकपा (एमाले) का उपाध्यक्ष तथा सभासद् रही संविधानसभाबाट संविधान लेखनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । राष्ट्रपति भण्डारी नेपालको नीति निर्माण तहमा समेत उल्लेखनीय योगदान गरेकी भण्डारी नेपाली राजनीतिमा स्थापित व्यक्तित्व हुन् ।

तत्कालिन अवस्थामा मालेबाट भातृ संगठनमा राजनीतिमा लागेकी उनले मदन भण्डारीसँग २०३९ सालमा विवाह गरेकी थिइन्। २०५० सालमा श्रीमानको रहस्यमय दुर्घटनामा निधन भएपछि उनी राजनीतिमा थप सक्रिय भइन्। उनले काठमाडौंको उप निर्वाचनमा उम्मेद्वारको रुपमा खडा भएर प्रतिनिध सभा सदस्य निर्वाचित भइन्।

२०५४ सालमा उनी एमालेको केन्द्रीय सदस्य निर्वाचित भइन्। त्यसपछि लगातार पार्टी केन्द्रीय राजनीतिमा संलग्न हुँदै एमाले उपाध्यक्षसम्म बनिन्। उनी २०५४ सालमा जनसंख्या तथा वातावरण मन्त्री समेत नियुक्त भएकी थिइन्।

राज्यको हरेक अंगमा ३३ प्रतिशत प्रतिनिधित्वका लागि भण्डारीले महिला आन्दोलनको नेतृत्व गरेकी थिइन्। उनकै प्रस्तावमा २०६२/६३ पछि पुर्नस्थापित संसदले ३३ प्रतिशत सम्बन्धि प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो। हाल नेपालको संविधानले समेत राज्यका हरेक अंगमा एक तिहाई महिला प्रतिनिधित्वको व्यवस्था गरेको छ।

विद्यादेवी भण्डारी राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

मलेसियामा अलपत्र तीस नेपालीको उद्धार

मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार...

america

टीपीएस सुविधा लिएका नौ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने

न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...

quatar-nepali

कतारबाट नेपाल पत्रकार महासंघको अगुवाईमा तीन नेपालीको उद्दार

कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...

आइपिएल : हैदराबादद्वारा पञ्जाब १३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK