सम्झनाको उपचारको लागि चन्द्र कुमारको सहयोग

ENGLISH

NRN GLOBAL

सम्झनाको उपचारको लागि चन्द्र कुमारको सहयोग

1 September, 2017 | Sandeep Bhattarai | 695 Views | comments

चन्द्र कुमार सुनुवारओमानमा रहेर रेष्टुरेण्ट व्यवसायमा संलग्न रहेका व्यवसायी चन्द्र कुमार सुनुवारले पाठेघरको समस्याले पीडित भएकी सम्झना सुनुवारलाई ४२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नं ९ मा बस्ने सम्झना सुनुवार (दिर्गचा) लाई पाठेघर सम्बन्धी रोग लागेको र आर्थिक अवस्था कमजोर रहेकोले वडा ९ का अध्यक्ष पुष्प कुमार प्रसाइको सिफारीसमा आर्थिक सहयोग गरिएको चन्द्र कुमारले बताए ।

सुनुवारले सम्झनाका श्रीमान पोस्ट बहादुर दिर्गचाको नाममा उक्त रकम पठाएको बताए ।आर्थिक रुपमा कमजोर रहेकी सम्झनाको उपचारका लागि सहयोग गर्न पाएकोमा खुसी लागेको सुनुवारले बताएका छन् ।

सम्झनाको आर्थिक अवस्था कमजोर भएका कारण पाठेघरमा पलाएको ट्युमरको अप्रेसन गरिसकेको र खर्च कसरी जुटाउने भन्ने पीडा भएको सम्झनाका श्रीमान पोस्ट बहादुरले बताएका छन् । झापाको विर्तामोडमा रहेको मनमोहन मेमोरियल अस्पतालमा ट्युमरको अप्रेसन गरेकी सम्झनाको उपचारका लागि झण्डै १ लाख २० हजार खर्च भएको उनका श्रीमानले बताएका छन् ।

सहयोग

‘आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको थियो ३ किलोको ट्युमर निकालिसकिएको छ, सम्झनाका श्रीमानले भने, ‘तर पैसा छैन्, उहाँले ४२ हजार सहयोग गर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद छ ।’उनले अहिलेसम्म सुनुवारले ४२ हजार र झापाकै गजुरमुखी नामक संस्थाबाट ५ हजार सहयोग आएको बताए । अरु सहयोगीको प्रतिक्षामा रहेको पनि उनले बताएका छन् ।

संसार न्युज

नेपालीलाई ओमानमा यातना : घर फर्किन पनि छैन सजिलो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK