समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा : सिंगापुर ७ विकेटले पराजित

ENGLISH

SPORTS

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा : सिंगापुर ७ विकेटले पराजित

14 September, 2017 | Sandeep Bhattarai | 1095 Views | comments

एसीसी यू-१९

आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोट क्रिकेट अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरेको छ । यो जित संगै नेपाल समूह विजेता बनेको छ ।

मलेसिया स्थित क्लव अमान मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको सिंगापुर २८ ओभर तीन बलमा ६७ रनमा अलआउट भयो । सिंगापुरी ब्याट्सम्यान नेपाली बलर सामू खुलेर खेल्न सकेनन । उसको लागि सिद्धान्तले २० रन र रोहन रंगाराजनले ११ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सिंगापुरका पांच ब्याट्सम्यान खाता नखोली आउट भए ।

नेपालका लागि पवन सर्राफले ६ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ४ मेडन राख्दै मात्र १२ रन खर्चिएका थिए । त्यस्तै किशोर महतोले २ विकेट लिंदा सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।

६८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका लागि ओपनर सन्दीप सुनारले २०रन बनाए भने अनिलकुमार शाहले १८ रन जोडे । त्यस्तै आसिफ शेख ६ रनमा आउट हुँदा सुमित महर्जन १० र सन्दीप जोरा ७ रनमा अविजित रहे ।सिंगापुरका अभि दिक्षितले २ विकेट लिए ।

समूह चरणमा नेपालले भुटानलाई ९ विकेट र त्यसअघि थाइल्यान्डलाई २ सय ५५ रनले हराएको थियो । नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको उपाधि बिजेताले आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपमा स्थान बनाउनेछ । इस्टर्न रिजन र वेस्टर्न रिजनका बिजेता टोलीले एसिया कपमा टेष्ट मान्यताप्राप्त श्रीलंका, भारत, बंगलादेश र पाकिस्तानका युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । यस समूहमा नेपालसँगै भुटान, सिंगापुर र थाइल्याण्ड छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित चीन, हङकङ र म्यानमार छन् ।

नेपालको उत्कृष्ट प्रदर्शन थाइल्याण्ड २५५ रनले पराजित : सन्दीपले लिए ७ विकेट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK