समूह विजेता बन्दै थ्रीस्टार बोर्डोलोई ट्रफी फुटबलको सेमिफाइनलमा

ENGLISH

SPORTS

समूह विजेता बन्दै थ्रीस्टार बोर्डोलोई ट्रफी फुटबलको सेमिफाइनलमा

26 September, 2016 | Sandeep Bhattarai | 855 Views | comments

नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

थ्रीस्टार

भारतको गुवाहाटीस्थित नेहरु स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारले यसअघि एक जित रु एक बराबरीका साथ सेमिफाइनल पक्का गरेको थियो । समूह ‘ए’को अन्तिम निर्णायक खेलमा ल्याएको बराबरीको नतिजाले थ्रीस्टारलाई समूह विजेता बनाएको हो । उक्त खेल बराबरीले सिलोङ लाजोङलाई पनि समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुर्याएको छ ।

एक गोलले पछि परेको अवस्थामा मिडफिल्डर सुनिल बलको फ्रिकिकमा निराजन खड्काले हेड गोल गर्दै थ्रीस्टारलाई समूह बिजेता बनाए । खेलको ७५ औँ मिनेटमा उनले गोल गरेका हुन् । खेलमा अग्रता भने २७ औँ मिनेटमा सिलोङ लाजोङले मिलन बासुमातरीको गोलबाट लिएको थियो । रिवाउन्ड भएको बल सरोज दाहालले क्लियर गर्न नसकेपछि सिलोङले खेलमा अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ३३ औँ मिनेटमा पेनाल्टीमार्फत खेलमा फर्कने थ्रीस्टारले अवसर पाएको थियो । तर विमल घर्तीमगर गोल गर्न चुकेपछि थ्रीस्टार पहिलो हाफमै बराबरी गर्नबाट चुकेको थियो ।

थ्रीस्टारले सेमिफाइनलको खेल आगामी बुधबार खेल्नेछ । प्रतिद्वन्द्वीको टुङ्गो सोमबार हुने समूह ‘बि’अन्र्तगतको लिग चरणको अन्तिम खेलले लगाउने छ ।

एएफसी कप छनौट प्लेअफमा थ्रीस्टारद्वारा इर्चिम २-० ले पराजित (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK