समुन्द्रको क्षेत्रमा चीनले गर्दै आएको स्वामित्वको दाबी अन्तत: अन्त्य

ENGLISH

WORLD

समुन्द्रको क्षेत्रमा चीनले गर्दै आएको स्वामित्वको दाबी अन्तत: अन्त्य

चीनले दाबी गर्दै आएको दक्षिणी सागरको क्षेत्र, अन्तर्राष्ट्रिय न्यायालयबाट अस्वीकार

13 July, 2016 | arjun baral | 1295 Views | comments

south-China-660x330

फलिपिन्स र चीनको सिमानामा पर्ने समुन्द्रको क्षेत्रलाई चीनले गर्दै आएको स्वामित्वको दाबी अन्तत अन्त्य भएको छ । सो क्षेत्रमा चीनको दाबी अन्त्य हुनुपर्ने माग गर्दै फिलिपिन्सले राष्ट्रसंघ अन्तर्गतको न्यायालयमा दाबी गर्दै आएको थियो ।

चीनले दाबी गर्दै आएको दक्षिणी सागरको पानी र अन्य स्रोतसाधनमाथि बेइजिङले गर्दै आएको नियन्त्रण न्यायोचित र ‘ऐतिहासिक’ नभएको राष्ट्रसंघको पर्मानेन्ट कोर्ट अफ आर्बिट्रेसनले जनाएको हो । मध्यस्थ अदालतसमेत भनिने सो न्यायालयका पाँच सदस्यीय न्यायाधीशको एउटा टोलीले मंगलबार सो फैसला सुनाएको हो ।तर चीनले भने कानुन सम्बन्धी राष्ट्रसंघीय महासन्धिअन्तर्गत स्थापाना भएको सो न्यायाधीकारणको फैसालालाई विरोध जनाएको छ । फैसलालाई मान्न बाध्य नहुनेसमेत उसले स्पष्ट पारेको छ । सो महासन्धिमा चीन र फिलिपिन्स दुवै देशले हस्ताक्षर गरेका छन् ।

 चिनिया समाचार संस्था सिन्ह्वाले न्यायाधीकरणको समूहलाई अन्तर्राष्ट्रिय विवादास्पद विषयको फैसला गर्ने क्षेत्राधिकार नभएको दाबी गरेको छ । फैसला निरर्थक र व्यर्थ भएको सो समाचार संस्थाले जनाएको छ । त्यस्तै, ग्लोबल टाइम्सले पनि सो फैसला एकतर्फी भन्दै त्यसको कार्यान्वयन नहुने बताएको छ ।

china sea

 दक्षिण चाइना सागरका अधिकांश भागमा चीनले दाबी गर्दै आएको छ । फिलिपिन्स र जापानले पनि सो क्षेत्रमा आफ्नो दाबी गर्दै आएका छन् । चीनले फिलिपिन्सको सार्वभौम अधिकारको उल्लंघन गरेको हेगमा रहेको सो न्यायाधीकरणले जनाएको छ । कृत्रिम टापु खडा गरी समुद्रको वातावरणमा समेत खलल पुर्‍याएको बेइजिङमाथि आरोप लागेको छ । सो टापुको स्वामित्वलाई लिएर फिलिपिन्स र चीनका गस्ती सेनाबीच बारम्बार तनाव हुने गरेको थियो । चीनले विवादास्पद टापुमा समुद्री जहाज र डुंगामार्फत गस्ती गर्दै आएको थियो ।

 अन्तर्राष्ट्रिय न्यायालयको फैसलाको आफ्नै महत्त्व छ । सो न्यायालयलले फैसला सुनाए पनि सो कार्यान्वयनका लागि चीनलाई बाध्य पार्न सक्दैन । फैसलाको पूर्वसन्ध्यामा सो क्षेत्रमा अमेरिकाले विमान र युद्ध लडाकु विमान पठाएको थियो । सो क्षेत्रमा अमेरिकाले अस्थिरता उत्पन्न गरी युद्धको वातावरण तयार गरेको चीनले आरोप लगाएको छ । अमेरिकाले एकतर्फी रूपमा युद्धको सुरुवात गरेको आरोप ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लगाएको छ । यसैबीच, सो सागरको विवादास्पद पार्सेल टापुनजिकै चीनले आफ्नो सैन्य गतिविधि तीव्र पारेको जनाएको छ ।

 । दक्षिण चाइना सागरमा चिनिया नियन्त्रण अन्त्य भई आफ्नो प्रभुत्व कायम होस् भनी फिलिपिन्सले अन्तर्राष्ट्रिय न्यायाधीकरणसमक्ष मुद्दा दायर गरेको थियो । समुद्रामा फिलिपिन्सले गरेको दाबीअनुसार आएको पछिल्ला फैसलाले दक्षिण चाइना सागरको तनाव अन्त्य हुने मनिलाले विश्वास गरेको छ । न्यायाधीकरणको फैसला स्पष्ट र सर्वसम्मत भएको फिलिपिन्सका वकिल स्यान्डसले बताए । फैसलाअनुसार चीनले दक्षिण चाइना सागरमा गर्दै आएको केही टापुमाथिको नियन्त्रण छोड्नुपर्ने मनिलाले जनाएको छ । विवादास्पद टापुमा फिलिपिन्स र चीनका माझीमा माछा मार्ने अधिकार थियो । दक्षिण चाइना सागरको स्वाभाविक अवस्थाको प्रमाणलाई तोडमोड गरेपछि विवाद बढेको थियो । 

सामुन्द्री जहाजबाट उत्तर कोरियाद्वारा ब्यालेष्टिक मिसाइल परिक्षण

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

मिस नेपाल युनिभर्स नग्माले मागिन् भोट

  नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK