समाजसेवी राजेन्द्र अधिकारीद्धारा अनाथ बालबालिकालाई आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

समाजसेवी राजेन्द्र अधिकारीद्धारा अनाथ बालबालिकालाई आर्थिक सहयोग

लालबहादुर ढेंगा

18 January, 2018 | Kabiraj Adhikari | 2275 Views | comments

दुबई । मानिसको जिन्दगी बिडम्वना नै बिडम्वनाले भरिएको पाईन्छ । जन्म लिएर धर्तीमा आए पनि आखिर जिन्दगीले कुन मोड लिने हो कस्लाई के थाहा हुन्छ । अझै आफु जन्म हुने कोखले नै साथ नदिएपछि अरुको के नै भरोसा रहन्छ । जिन्दगीदेखि बेखबर ममताको आंचलमा हुर्केर आमाको औला समाटेर हिड्न सिखाउनेले साथ नदिएपछि ३ जना अनाथ बालबालिकाहरुको भबिष्य भयानक कष्टकर बन्दै गएको छ ।

Money-donation
विगत लामो समयदेखि युएईमा कार्यरत समाजसेवी राजेन्द्र अधिकारीले अर्घाखांची जिल्ला सुन्दर पोखरा मालारानी गाउंपालिका–१, का ३ जना अनाथ बालबालिकालाई नेपाली ४३ हजार ६ सय रुपैयां आर्थिक सहयोग गरेका छन् ।

सो रकम गएको १६ जनवरी मंगलबारका दिन दुबईस्थित सन एण्ड मुन ट्राभल्सको आफिसमा अर्घाखांची सम्पर्क समितिका अध्यक्ष कृष्ण भुसाललाई हस्तान्तरण गरेको गरिएको हो । जसमा अध्यक्ष भुसालको भाई नेपाल जाने भएकाले पीडित बालबालिकालाई गाउमा गएर हस्तान्तरण गरिने भएको छ ।

हाल १२ बर्षकी छोरी मनिषा पोखरेल, ८ बर्ष र ५ बर्षको भाई हजुर बाबाको सहारामा रहेका छन् । भारतमा कार्यरत रहेका बुबाले आत्महत्या गरेपछि आमाले पनि गाउकै एक जनासंग बैवाहिक जीवन बिताउन लागेपछि यि बालबालिकाहरु बेसाहारा हुन पुगेका हुन् । आखिर बुढा हजुर बाबाको सहारा कहिलेसम्म होला ? भोलीका दिन कस्ले सहारा दिने ? यस्ता खालका हजारौ प्रश्नहरु यि अवोध बालबालिकाका मस्तिक मन्डराई रहेको छ ।

समाजसेवी अधिकारी पर्वत सेवा समाज युएईका निवर्तमान अध्यक्ष तथा नेपाली जनसम्पर्क समिति युएईका उपसभापतिको पदमा समेत कार्यरत रहेका छन् । फेसबुकमा राखेको भिडियो हेरेपछि एकल प्रयासमा रकम संकलन गर्न थालेको जानकारी दिएको छ । यस संकलन अभियानमा साथ दिने सम्पूर्ण सहयोगीहरुलाई बिशेषगरी धन्यबादको पात्र बनाइएको छ । यस सहयोगले ति बालबालिकाहरुको प्रयाप्त जीवन सुरक्षित छ त ? छैन भने अरु राजेन्द्र अधिकारी पनि अगाडि आउन आवश्यक देखिन्छ ।

झापाली समाज यूएईद्वारा अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK