“समाजसेवा मेरो जीवनको सार हो” – महिला फोरम संयोजक लामा(भिडियो सहित)

ENGLISH

NRN GLOBAL

“समाजसेवा मेरो जीवनको सार हो” – महिला फोरम संयोजक लामा(भिडियो सहित)

दामोदर नेपाल, स्विजरल्याण्ड

29 November, 2017 | Sandeep Bhattarai | 865 Views | comments

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विजरल्याण्ड महिला फोरमको २०१५-२०१७ कार्यकालमा संयोजक भएर आफ्नो कार्यलाई सफलतापूर्वक सम्पन्न गरिसकेकी मात्र होइन सोही कार्यकालको उनको काम र समाजसेवा प्रतिको अनवरत सक्रियताका कारण नै एनसिसी स्विजरल्याण्डले पुनः उनलाई सन् २०१७-२०१९ कार्यकालका लागि संयोजक पदमा चयन गरेको छ ।

विगत ४१ वर्षदेखि स्वीट्जरल्याण्डमा बस्दै आएकी शुभ एल्मर लामा समाजसेवा प्रतिको आफ्नो रुचिका कारण सन् १९८० देखि नै स्थानीय रुपमा सामाजिक सेवामा आफूलाई निरन्तर सक्रिय राख्दै आईरहेकी छिन् । समाजसेवा मार्फत स्थानीय स्वीस महिला तथा वृद्ध वृद्धाहरुको सेवामा समर्पित मात्र होइन स्विस नागरिकहरुलाई नेपाली भाषा पढाएर समेत नेपालीको शीर उच्च राख्न सक्रिय उनी विगत ६ वर्षदेखि टोनी हेगन फाउन्डेसनको बोर्ड मेम्बर रहेर नेपाल र नेपालीको सेवामा समर्पित छिन् ।

पछिल्लो समय स्विस नेपाली समाजमा सामाजिक अभियन्ताका रुपमा समेत आफ्नो परिचय स्थापित गर्न सफल बनेकी उनी नेपालमा रहेका असहाय एवं दीन दुःखीको सेवा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छिन् । त्यतिमात्र होइन नेपालमा गएको बिनासकारी भूकम्पका बेला होस् या भूकम्पपछिको एनआरएनएको १००० घर निर्माण अभियानमा होस् उनी निकै नै सक्रिय रहिन् ।

स्विस नेपाली भूकम्प पीडित पुननिर्माण अभियान मार्फत आफू बस्ने कान्टोन ग्लारुस (जुन स्विजरल्याण्ड कै सानो कान्टोन मानिन्छ) बाट उल्लेख्य मात्रामा सहयोग रकम संकलन गर्न सफल उनले यसै वर्ष नेपालमा बाढी पहिरो तथा डुबानका कारण भएको बिनासबाट पीडितहरुको सहयोगमा समेत आफूलाई अग्रसर गराईन ।

संसारको जुनसुकै कुनामा रहे पनि नेपाल र नेपाली भनेपछि मरिमेटेर लागिपर्ने एनआरएनए स्विजरल्याण्ड महिला फोरमकी संयोजक लामासँग यिनै विषयहरुको सेरोफेरोमा रहेर दामोदर नेपालले गर्नु भएको छोटो कुराकानी यहाँहरु प्रस्तुत छ :

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रचण्ड

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रचण्ड निर्वाचित

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका...

को को ‘हेवीवेट’हरुको विजय यात्रामा लाग्यो ग्रहण ?

निर्वाचन एउटा प्रतिस्पर्धा हो र जनताको मत पाउनेले जित्छ,...

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कबर्ड हल र पृष्ठभागमा देखिएको...

पशुपतिनाथको मन्दिर

क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना

मंसिर २३ गते तदानुसार २०१७ डिसेम्बरको ९ तारिख शनिबारको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK