‘समर क्याम्प’ निहुँमा बालबालिका अमेरिका तस्करी

ENGLISH

‘समर क्याम्प’ निहुँमा बालबालिका अमेरिका तस्करी

बालबालिका बेपत्ता

9 July, 2016 | arjun baral | 3370 Views | comments
children
नौ जना बालबालिका अमेरिका पुर्‍याएर उतै छोडेको अभियोगमा पुतली सडकस्थित सहारा लिङ्क इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। समर स्कूलका लागि भनेर अमेरिका पुर्‍याइएका ९ बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले रजनीलाई नियन्त्रणमा लिएको थियो। नागरिक दैनिकमा समाचार छ।
अमेरिका प्रवेश गर्दा साथमा रहेका  देखिएपछि अमेरिकी अध्यागमनले नेपालको अध्यागमन विभागलार्इ पत्राचार गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न अाग्रह गरेको थियो।  अध्यागमन विभाग महानिर्देशक केदार न्यौपानेले बालबालिका तस्करीको शंकामा अमेरिकी अध्यागमन विभागले नेपालको अध्यागन विभागलाई पत्र पठाएर अनुसन्धान गर्न आग्रह गरेको बताए। विमानस्थलको रेकर्डअनुसार २४ जुनमा रजनी श्रेष्ठ १२ बालबालिका साथमा न्युयोर्कका लागि उडेकी थिइन्। फर्किंदा उनको साथमा ३ बालबालिका मात्र थिए।
महानिर्देशक न्यौपानेले बालबालिका तस्करीको गम्भीर उद्देश्य देखिएकाले अमेरिकी अध्यागमनले पत्र पठाएरै अनुसन्धान अनुरोध गरेको जनाए। ‘केस गम्भीर देखिएकाले हामीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइसकेका छौं। हनुमानढोका प्रहरीले अनुसन्धान गरिरहेको छ।’ यो मुद्दालाई अहिले महानगरीय प्रहरी परिसर हनुमान ढोकाले अनुसन्धान गरिरहेको छ।
यसरी छोडिए ९ बालबालिका अमेरिकामा
पुतलीसडकमा कार्यालय रहेको सारा लिङ्क विदेश पढ्न जानेलाई परामर्श दिने कम्पनी हो। कम्पनीले सन् २०१६ को इएसएल ब्रिजको गृष्म कार्यक्रम (समर प्रोग्राम) मा अमेरिका लैजान १४० आवेदन लिएको थियो।
अमेरिकाको इकोसेरा इएएसएल ब्रिज स्कूलले स्काइपबाट सबै निवेदकसँग अन्तर्वार्ता गरेको थियो। तीमधेये ८६ जना उत्तीर्ण हुन सफल भएका थिए। सारा लिङ्कले ८६ जनाको डकुमेन्टेसन गरेर काठमाडौंस्थित अमेरिकी दूतावासमा भिषा आवेदन पठाएको थियो। ती मध्ये १३ जनाले भिषा पाउन सफल भए। पैसाको लेनदेन नमिल्दा एका जना अमेरिका गएनन्।
दोस्रो भाषा अंग्रेजी भएकाहरुलाई अंग्रेजी भाषा, संस्कृतिसँग जोड्न अमेरिकामा इएसएल ब्रिज कार्यक्रम सञ्चालन हुनेगर्छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK