समर्थन गुमाउँदै ओली, यी पार्टीले साथ दिनेछन् अन्तिमसम्म !

ENGLISH

समर्थन गुमाउँदै ओली, यी पार्टीले साथ दिनेछन् अन्तिमसम्म !

24 July, 2016 | Bhawana Pathak | 985 Views | comments

अविश्वासको प्रस्तावमा छलफल चलिरहँदा सरकारलाई समर्थन गर्ने दलले भटाभट समर्थन फिर्ता लिन थालेका छन् । मन्त्रिपरिषद्मा उप्रधानमन्त्रीको जिम्मेवारी पाएको विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सत्ता सहयोगी दलले समर्थन फिर्ता लिएपछि अविश्वासको प्रस्तावमा भोटिङ नहुँदै प्रधानमन्त्रीले बहुमत गुमाएको प्रस्टिएको छ ।

kp-oli

व्यवस्थापिका–संसद्मा अहिले ५९४ सांसद छन् । बहुमत पुग्न २९८ सांसद आवश्यक पर्छ । शनिबार सत्ता सहयोगी दल मधेसी जनअअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीलाई आफ्नै दल एमालेको १८२ सहित अन्य ६ दलको गरी २२२ सांसदको साथ छ । शनिबार रातिसम्म अविश्वासको प्रस्तावको पक्षमा कांग्रेस, माओवादीसहित दलका ३६४ सांसद देखिएका छन् । सरकारलाई समर्थन गरेका १२ मध्ये ५ दलले समर्थन फिर्ता लिइसकेका छन् ।

अब प्रधानमन्त्री ओलीसँग २५ सिट रहेको राप्रपा नेपाल, ५ सिट रहेको नेकपा माले, ४ सिट रहेको नेमकिपा ३ सिट रहेको राष्ट्रिय जनमोर्चा, २ सिट रहेको नेपाल परिवार दल र १ सिट रहेको बहुजन शक्ति पार्टी मात्र साथमा छन् । यसमध्ये राप्रपा नेपालबाट कमल थापा, मालेबाट सीपी मैनाली र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी उपप्रधानमन्त्री छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK