समय नभए पनि मिलाएर हेर्नुस गाजलु – निश्चल बस्नेत

ENGLISH

ENTERTAINMENT

समय नभए पनि मिलाएर हेर्नुस गाजलु – निश्चल बस्नेत

16 June, 2016 | Anjana Bhandari | 455 Views | comments

nishal basnetगएको सातादेखि प्रर्दशन भईरहेको गाजलुलाई दर्शकले राम्रो साथ दिईरहेको छ । अनमोल केसी , सृष्टी श्रेष्ठ, गौरब पहारी, सलोन बस्नेत, मेनुका प्रधान लगायतको अभिनय रहेको गाजलु अनमोलको चौथो हिट सिनेमा हो ।

यो सिनेमालाई दर्शकसँगै अन्य कलाकार तथा क्रिटिक्सले पनि सकारात्मक नै प्रतिक्रिया दिएका छन् । हिजो गाजलु हेरेपछि निश्चल बस्नेतले यस चलचित्रका कलाकारको खुलेरै प्रशंसा गरेका छन् । उनले फुर्सद भए वा नभएपनि मिलाएर फिल्म हेर्न गईदिनसमेत अनुरोध गरेका छन् ।

उनले लेखेका छन् – गाजलु हेरेँ । हेमराज बिसीको राम्रो फिल्म । प्रत्येक फिल्महरुसँगै उनको प्रगती हेर्न पाउँदा खुसी लाग्यो । म अन्य कलाकारको अभिनय जाँच्ने कोही पनि होईन । तैपनि अनमोलले प्रगती गरिरहेको छ । उसँग दर्शकलाई हलसम्म ल्याउने क्षमता छ ।

यदि उनले मेहनतलाई बढाउँदै लाने हो भने उनले नेपाली सिने उद्योगमा चमत्कार गर्न सक्छन् । उनले यति सानो उमेरमै ठूलो प्रगती गरेको छ । उनी डेब्यु सिनेमादेखि नै चर्चामा छन् । हामीले उनीबारे धेरै तरीकाले कुरा गर्यौँ, जोक्स बनायौँ, उनको अभिनयलाई लिएर आलोचना गर्यौँ, ट्रोल बने ।

म यसलाई सकारात्मक हिसाबले नै लिन्छु । सायद उसले पनि सकारात्मकरुपमै लिन्छ होला । म उसको आगामी फिल्मका लागि शुभकामना दिन्छु । श्रृष्टि श्रेष्ठ तपाईले पहिलो फिल्मबाटै प्रभावित तुल्याउनुभयो ।

तपाईलाई पनि शुभकामना । सलोन बस्नेतले चाहीँ हसायो । बुवा र छोरावाला दृश्य एकदमै उत्कृष्ट थियो । हामीले हाम्रो सिनेमा र कलाकारबारे कुरा गर्न थालेका छौँ । यसले मेरो लागि धेरै महत्व राख्छ । गाजलु र कालोपोथी सफलतापूर्वक चलिरहेको छ । समय मिले हेर्नुहोला । समय मिलाएर हेरे झन काईदा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK