समयबजी खादै इन्द्र जात्रा सम्पन्न

ENGLISH

NRN GLOBAL

समयबजी खादै इन्द्र जात्रा सम्पन्न

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

17 September, 2017 | Sandeep Bhattarai | 625 Views | comments

समयबजी खादै इन्द्र जात्रा सम्पन्न

इन्द्रजात्राको उपलक्ष्यमा कोलोराडो निवासी नेवारी समुदाय एकै ठाउँमा भेलाभई समयवजी खाई एक आपसमा शुभकामना आदान प्रदान गर्दै इन्द्रजात्रा मनाएका छन् ।

कोलोराडो स्थित ईरि पार्कमा घर घरबाट समयबजी तयार पारेर ल्याई त्यसको प्रदर्शन गरी एक आपसमा भलाकुसारी गर्दै उनीहरुले आफ्नो परम्परागत संस्कृती मनाएका हुन् ।

नेवारी धर्मशास्त्र अनुसार समयवजी चिउरा, भटमास, मासु, अदुवा र रक्सीलाई पञ्च तत्व मानिन्छ । समारोहमा नेवारी पुरोहित बिरेन्द्रराज उपाध्ययले समयबजी खाई कार्यक्रमको सुरुवात गरेका थिए । समयवजी खानाले रोग ब्याधीले आक्रमण गर्न नसक्ने र आफूले आटेको कुरा पुग्ने तथा कतै साईत गर्दा यसलाई सगुनको रुपमा प्रयोग गरिने चलन रहेको स्थानीय भुषणलाल श्रेष्ठले बताएका छन् । त्यसैले नेवारी समुदायमा हरेक शुभ कार्यमा समयवजी तयार परिन्छ ।

समयबजी खादै इन्द्र जात्रा सम्पन्न

किम्बदन्ति अनुसार स्वर्गका राजा ईन्द्रका आमा बसुन्धरालाई पूजा गर्न पारिजातको फूल चाहिने परिजातको फूल कृष्णले मत्र्यलोकमा ल्याएका हुनाले स्वर्गमा नपाईने । आमाको ईच्छा पुरागर्न इन्द्र पृथ्विमा आई फुल टिप्नलाग्दा काठमाण्डौंको मरुटोलमा मालीले फेलापारी बाधेर राखे । इन्द्र हराए पछि स्वर्गमा खेला बैला मच्चियो आकास भैरबलाई खोज्न पठाईयो । मरुटोलका मालीहरुले तन्त्र मन्त्र मार्फत आकास भैरव तथा इन्द्रका वाहान अ‍ैरावत हात्तीलाई समेत बाधेर राखेको थाहापाए पछि इन्द्रका आमा बसुन्धरा स्वयंआई यो मेरो छोरो स्वर्गको राजा ईन्द्र हो भनी उपत्यकाबासीहरुसंग बिभिन्न शर्तमा छोरा छुटाई लगेको बिश्वास गरिन्छ ।

समयबजी खादै इन्द्र जात्रा सम्पन्न

इन्द्रसंग भएको सर्त अनुसार उपत्यकालाई स्वर्गजस्तै बनाउनु पर्ने, पानी परिराख्नु पर्ने, सधै हराभरा बनाउनु पर्ने, अनिकाल पार्न नहुने र मरेका सबैलाई स्वर्गलानुपर्ने हरेक वर्ष नाच्न पृथ्वीमा आउन पर्ने लगायतका रहेको किम्वदन्ति रहेको छ ।

अमेरिकाको इन्द्रजात्रामा ऐतिहासिक नाटक प्रस्तुति, ७ औ इन्द्रजात्रा सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK