सबै प्रकारका विभेद् अन्त्य गरिने : प्रम ओली

ENGLISH

POLITICS

सबै प्रकारका विभेद् अन्त्य गरिने : प्रम ओली

3 June, 2016 | arjun baral | 745 Views | comments

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान ऐन/कानुन कार्यान्वयनसँगै जनचेतनामार्फत मुलुकमा व्याप्त सबै प्रकारका विभेद् अन्त्य गरिने बताएका छन् ।

Capture

जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा यहाँ आज आयोजित कार्यक्रममा उहाँले अझै पनि समाजमा व्याप्त दाइजो नल्याएको निहुँमा वा बोक्सीको आरोप वा छुवाछूतको नाममा मान्छेलाई अपमान गर्नेजस्ता कुप्रथाको अन्त्य गरिनुपर्ने बताए ।

आदिवासी जनजाति, दलित, महिला, मधेसी वा अन्य उत्पीडित समुदायलाई दिइँदै आएको आरक्षण सधैँका लागि नभई प्रतिस्पर्धाका लागि योग्न हुन केही समयका लागि मात्र भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मुलुक निर्माणका क्रममा विभिन्न चरणमा भएका सङ्घर्षका कारण उत्पीडित समुदायको संविधानसभालगायत राज्यका अन्य संरचनामा समान सहभागिता हुँदै आएकोसमेत बताए।

‘सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि पारिएको दलित समुदायलाई सबैभन्दा पहिला शैक्षिक क्षेत्रमा अगाडि ल्याउनुपर्छ’–उनले भन्नुभयो ।

उनले दलित समुदायले गर्दै आएको कपडा सिलाउने र फलामका कामलगायत अन्य कामलाई समेत आधुनिकीकरण गर्दै लैजानेसमेत प्रतिबद्धता व्यक्त गरे।

नेकपा (एमाले) स्थायी समिति सदस्य छविलाल विश्वकर्माले संविधानले सबै समुदायको अधिकारलाई सुनिश्चित गरेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न सबै लाग्नुपर्ने धारणा राखे ।

मुक्ति समाजका अध्यक्ष तथा सांसद् जीतु गौतमले जातीय उन्मूलन दिवस घोषणा मात्रभन्दा पनि व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । रासस

 

एकीकृत माओवादीको नाम ज्योतिषको सल्लाहामा (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK