सबै तिरको आलोचना खप्न नसकेर बबुरामले भने-मेरो र टोपीको जन्मजात साइनो छ

ENGLISH

सबै तिरको आलोचना खप्न नसकेर बबुरामले भने-मेरो र टोपीको जन्मजात साइनो छ

3 January, 2017 | Bhawana Pathak | 715 Views | comments

टोपी दिवसको खिल्ली उडाउँदा सर्वत्र आलोचना भएपछि नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले आफ्नो र टोपीको जन्मजात साइनो रहेको बताएका छन् ।

Baburam Bhattarai. Photo By: Prabin Koirala

आइतबार मनाइएको चौथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको खिल्ली उडाउँदा सामाजिक सञ्जालमा आफै आलोचनाको शिकार बनेपछि बाबुरामले बुधबार आफ्नो बचाउमा उत्रिएका हुन् ।

टोपी दिवसको दुई दिनपछि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत टोपी र बाबुराम भट्टराईको जन्मजात साइनो भएको उल्लेख गरेका छन् ।

बाल्यकालमा खिचिएको टोपी लगाएको फोटो आफ्नो ट्वीटर एकाउन्टमा राख्दै बाबुरामले आफूलाई टोपी बिरोधी भन्नु तर्कसंगत नभएको दाबी गरेका छन् ।

उनले लेखेका छन्– ‘बाबुराम र टोपीको जन्मजात साइनो छ है! बाबुरामलाई टोपी विरोधीको रुपमा प्रस्तुत गर्नु तथ्यसंगत, तर्कसंगत, न्यायसंगत… ।’

यसअघि टोपी दिवसको खिल्ली उडाउँदै जनवरी १ तारिखका दिन बाबुरामले प्रश्न गरेका थिए– ‘टोपी दिवस रे! अब बख्खु दिवस! धोती दिवस!..संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृति स्वीकारीसकेको देशमा एकल संस्कृतिका कुरा कति जायज ?’

babu

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK