सबै कम्पनीको मोवाइल नेटवर्क एउटै कम्पनीको टावरबाट

ENGLISH

TECH

सबै कम्पनीको मोवाइल नेटवर्क एउटै कम्पनीको टावरबाट

सवै दुरसञ्चार कम्पनीको सेवा दिन सक्नेगरी छुट्टै कम्पनी ल्याउन

15 July, 2016 | arjun baral | 1940 Views | comments

mobile tower

नेपाल दुरसञ्चार प्राधिकरणले एउटै कम्पनीवाट सवै मोवाइल अपरेटरको सेवा विस्तार गर्नका लागि छुट्टै कम्पनी ल्याउने भएको छ। मोवाइलको टावरलाई एकिकृत रुपमा विस्तार गरी  एउटै टावरवाट सवै दुरसञ्चार कम्पनीको सेवाहरु दिन सक्नेगरी छुट्टै कम्पनी ल्याउन लागेको हो।

दुरसञ्चार पुर्वाधार विकास समिति मार्फत यो व्यवस्था गर्न लागिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए। यसका लागि प्राधिकरणले काम अगाडि बढाइसकेको छ।

यसका लागि अध्ययन गर्न प्राधिकरणले गत बर्ष परामर्शदाताको छनौट गरी काम अगाडि बढाएको थियो। ‘परामर्शदाकाको रिपोर्ट प्राप्त भइसकेको छ’ अर्यालले भने ‘अबको दुई महिनाभित्र छुट्टै टावर निर्माण र सेवा दिने कम्पनीका लागि टेन्डर आह्वान हुन्छ।’

यो इन्डिपेन्डेन्ट मोवाइल टावर कम्पनी हुनेछ। कम्पनीले सवै दुरसञ्चार कम्पनीको सेवालाई एकै ठाउँवाट दिनेछ। जस्तो कि कुनै एक ठाउँमा अब एउटामात्र टावर हुनेछ,त्यो टावरवाट टेलिकम, एनसेल, युटिएल वा अरु कुनैपनि कम्पनीको सञ्चार सेवा दिन मिल्नेछ। यसवाट आधारभूत मोवाइल सेवा, अप्टिकल फाइवर, इन्टरनेट तथा भिस्याट समेतको सेवा दिन मिल्नेगरी नयाँ कम्पनी ल्याउन लागेको जनाएको छ।

यो कम्पनीले  पूर्वाधारलाई धेरैले प्रयोग गर्न सकिने (इन्फ्रास्टक्चर सेयरेवल) हुनेगरी सेवा दिने अर्यालले बताए। यसले टावर सम्वन्धि सम्पुर्ण पुर्वाधार र अप्टिकल फाइबर संग सम्वन्धि पनि सवै काम गर्नेछ।

गत बर्षको भूकम्पमा घरहरुमाथि बनाइएको मोवाइलका टावर भत्किएर मानिस लागयत भौतिक संरचनामा क्षति भएपश्चात नै प्राधिरणले यस्तो काम गर्नका लागि अध्ययन गर्न टेन्डर आह्वान गरेको थियो।

यो कम्पनीले नेपालभर अप्टिकल फाइवर पनि विछ्याउने तथा विस्तारको काम पनि गर्नेछ। संसारका अरु देशहरुले यस्तो कामको सुरुवात धेरै अधिदेखि गर्दै आएका छन् ।

आफूले खिचेका फोटोको जानकारीदिने गुगुलको-गुगल गगल्स एप

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK