सन फ्रान्सिस्कोमा २५८० औं बुद्ध जयन्ती भव्य रुपमा सम्पन्न

ENGLISH

NRN GLOBAL

सन फ्रान्सिस्कोमा २५८० औं बुद्ध जयन्ती भव्य रुपमा सम्पन्न

विजय थापा

8 May, 2017 | Bipin Acharya | 710 Views | comments

अमेरिका र नेपालमा समाजसेवी संस्थाका रुपमा सुपरिचित मदरल्याण्ड नेपालले महामानव भगवान गौतम बुद्धको २५८० औं जयन्ती  शनिबार भव्य रुपमा मनाएको छ ।

प्रवचन, ध्यान र नाचगानका साथ सन फ्रान्सिस्को बे एरिया क्षेत्रका नेपाली वासिन्दाहरुको उपस्थितिमा मनाइएको बुद्धजयन्ती कार्यक्रमको संयोजन सो क्षेत्रका लागि नेपालका पूर्व पर्यटन दूत अनिल पाण्डेले गर्नु भएको थियो ।

कार्यक्रममा लुम्बिनी विश्वबिधालयबाट आउनु भएका प्राध्यापक चूडामणी शास्त्रीको प्रवचन विशेष आकर्षणको विषय रहेको थियो । प्राध्यापक शास्त्रीले आजको तनाब र प्रतिस्प्रद्धाको युगमा बुध्दले देखाएको बाटो मात्र दीर्घकालिक शान्ति र समृद्धिको राजमार्ग हो भन्नुभयो । अमेरिकामा रहेका सहभागीहरुले प्रवचनप्रति धेरै आकर्षण देखाएका थिए ।

योगी पूर्णानन्दबाट विपश्यना ध्यान गराइएको सो कार्यक्रममा सो क्षेत्रका समाजसेवी ईश्वर मास्के, गोविन्द शाही, मीरा शाही, महेन्द्रमणि दीक्षित, श्याम श्रेष्ठ, र मदरल्याण्ड नेपाल का बोर्ड अफ डिरेक्टर तारा खरेलले पनि बुद्धको प्रतिमा खादा चढाई महामानव प्रति श्रद्धा प्रकट गर्नु भएको थियो ।

कार्यक्रमको आनन्द उठाउन हास्य कलाकार देविराम पराजुली (भोके) लगायतको उपस्थिति थियो ।टाढाटाढादेखि आएका बुद्धभक्तहरु बुद्ध सम्बन्धी भजन नाचगानमा रमाइलो मानेर सरिक भएका थिए । निरन इट्नि ( सङ्गीत)हर्मोनियम मा साथ दिनेरत्तु लामा तबलामा साथ दिनु भएको थियो।

अन्तमा, युवा सहभागीको प्रतिनिधित्व गर्दै मनसुन पाण्डेले बिज्ञान र र्इस्वर बिचको सम्बन्ध माथि प्रकाश पार्नुभएको थियो । पाण्डेको बौद्धिक विश्लेषण युद्ध भाषणलाई सबैले सराहना गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK