सन् २०१७ लाई ‘शान्ति वर्ष बनाइने’ ” राष्ट्रसङ्घ प्रमुख गुटेर्रेस

ENGLISH

WORLD

सन् २०१७ लाई ‘शान्ति वर्ष बनाइने’ ” राष्ट्रसङ्घ प्रमुख गुटेर्रेस

रासस÷एएफपी

2 January, 2017 | Sandeep Bhattarai | 770 Views | comments

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार राष्ट्रसङ्घ प्रमुखका रुपमा जिम्मेवारी सम्हालेपछि नयाँ वर्षको विशेष अवसरमा दिनुभएको शुभकामना सन्देशमा सन् २०१७ लाई सर्व प्रथम शान्ति स्थापनाको बनाउनु आफ्नो प्राथमिकता रहने बताउनुभएको छ ।

पोर्चुगलका पूर्व प्रधानमन्त्रीको रुपमा अनुभव लिएका गुटेर्रेसले सिरियाको राजनीतिक सङ्कट समाधान गर्ने, दक्षिण सुडान, यमन, बुरुन्डी, उत्तर कोरिया र विश्वका अन्य समस्या समाधान गर्ने जिम्मेवारीसहित निवर्तमान राष्ट्रसङ्घ प्रमुख बान कि मुनबाट आइतबारदेखि नै राष्ट्रसङ्घ प्रमुखको जिम्मेवारी लिनुभएको हो ।

सन्देशमा राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले द्वन्द्वमा फसेका करोडौँ जनतालाई कसरी शान्ति प्रक्रियामा ल्याउने भन्ने नै आफ्नो पहिलो काम हुने बताउनुभएको छ ।

गुटेर्रेसले भन्नुभएको छ, “कतिपय मुलुकमा द्वन्द्वका कारण सर्वसाधारण तड्पिरहेका छन् । महिला, बालबालिकालगायत अन्य नागरिक मारिएका छन् । घाइते भएका छन् । आफ्नो घरबाट विस्थापित भएका छन् । उनीहरुका सम्पत्तिहरण भएका छन् । युद्ध कसैले जितेका छ्रैनन्, सबै हारेका छन् । त्यसैले शान्ति अपरिहार्य छ ।”

सन् २०१७ लाई स्वागत गर्दै राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले ‘‘नयाँ वर्षमा सबैले शान्ति स्थापनाका लागि प्रण गरौ’’ भन्नुभएको छ ।विश्वभरका नागरिक, सरकार तथा नेताले हाम्रा मतभेदलाई अन्त्य गर्ने र शान्ति स्थापना गर्ने वर्षका रुपमा सन् २०१७ लाई स्वागत गरौँ, गुटेर्रेसले भन्नुभयो ।

एक दशकसम्म राष्ट्रसङ्घको उच्चआयुक्तका रुपमा आप्रवासी शरणार्थीको अधिकारका लागि सङ्घर्ष गर्नुभएका गुटेर्रेस राष्ट्रसङ्घको नवौँ महासचिवमा गत अक्टुबरमा सर्वसम्मत छानिनु भएको थियो ।

राष्ट्रसङ्घको कूटनीतिज्ञका रुपमा समेत लामो अनुभव भएका महासचिव गुटेर्रेसलाई एक दक्ष राजनीतिक नेताका रुपमा समेत हेरिन्छ । उहाँको कार्यकालमा पछिल्लो समय विभिन्न विवादमा फसेका अन्तर्राष्ट्रिय यस संस्थाले आफ्ना तथा विश्व समुदायका समस्यालाई निदान गरी बढ्नेमा विश्वास गरिएको छ ।

शान्ति हाम्रो लक्ष्य र दिशा निर्देश बन्नुपर्छ, उहाँले भन्नुभयो, “हामीले मानव जगतको गरिमा, आशा, प्रगति र समृद्धिका लागि गर्ने सम्पूर्ण कार्य विश्व शान्तिमा निर्भर छ । साथै शान्ति हामीमा निर्भर छ ।”

राष्ट्रसङ्घको नयाँ महासचिव गुटेर्रेसलाई ओबामाको बधाई

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK