सन्ध्या फिल्मस् प्रोडक्सनद्धारा निर्मित लघु चलचित्र परदेशी जीवन-२ सार्वजनिक

ENGLISH

NRN GLOBAL

सन्ध्या फिल्मस् प्रोडक्सनद्धारा निर्मित लघु चलचित्र परदेशी जीवन-२ सार्वजनिक

25 December, 2016 | Bipin Acharya | 905 Views | comments

तिलविक्रम थेवे/कतार – कतार अलखोरस्थित एक सक्रिय सामाजिक, साहित्यिक एवं कलाकर्मी, रङकर्मी संस्था सन्ध्याग्रुप मातहतको लघु सन्ध्या फिल्मस् प्रोडक्सनद्धारा निर्मित चलचित्र परदेशी जीवन-२ सार्वजनिक  दिसम्बर २२, २०१६ मा देशविदेशमा सार्वजनिक गर्यो।

161224093
कतारमा वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरुको परदेशी जीवनको एउटा आयामलाई विषयबस्तु बनाएर तयार गरिएको सो चलचित्रले कतारमा रहेका नेपाली महिला/पुरुष कामदारहरुको विचमा क्षणभरको लागि गरिने स्वार्थी मायापिरती र यस्ता स्वार्थी प्रेमबाट हुने धोकाले कतिपय नेपाली महिला पुरुषहरुको जीवन नै बरबाद भइरहेको वास्तविकतालाई केही हदसम्म उजागर गर्न खोजेको छ।

महिला कामदारले पुरुष कामदारको पैसा लुटने अभिप्रायले प्रेमको नाटक रच्नु, पुरुषले यौन सन्तुष्टिको अभिप्रायले महिलासंग प्रेमको नाटक रच्नुजस्ता नेपाली समुदायभित्र घटीरहेको कतिपय वास्तविक विकृतिहरुलाई देखाउने प्रयास गर्दै मनोरन्जनात्मक शैलीमा यस्ता विकृतिहरु हुनुहुदैन भन्ने सन्देश चलचित्रले दिन खोजेको छ।

सन्ध्याग्रुप अलखोरका अध्यक्ष बिरेन्द्र के. याक्थुम्वाको अध्यक्षतामा, लघुचलचित्र परदेशी जीवन–२ सार्वजनिक गर्न आयोजित एक विशेष कार्यक्रममा नेपाली महिला समाज कतारका अध्यक्ष रेखा राई प्रमुख अतिथी रहेका थिए। प्रमुख अतिथी राईले प्रवासमा वैदेशिक रोजगारीको समय, पावन्दी, सम्बन्धित मुलुकको नियम कानुनको पालना गर्दै चलचित्र जस्तो गहन प्रोजेक्ट निर्माण गर्नु निकै गारो रहेको आफनो विगतको अनुभव बताउदै संन्ध्याग्रुप अलखोरले चलचित्र परदेशी जीवन–२ निर्माण गर्नु भनेको संस्थाकै ठुलो उपलब्धी रहेको र नयाँ कथाबस्तु सहित भाग ३ पनि चाडै निर्माण गर्न सल्लाह दिए।

पत्रकार गणेश क्षेत्रीले संचालन गरेको सो कार्यक्रममा पत्रकार तिलविक्रम थेवे र मुग्लानी सौगातका विशेष सल्लाहकार तिलबहादुर बुढाथोकीले चलचित्रको समिक्षा गरेका थिए। अतिथीहरु संघीय लिम्बुवान सामाजिक मञ्चका कावा महासचिव डम्बर लिवाङ, किरात राई यायोख्खाका कावा अध्यक्ष लोकबहादुर राई, किरात याक्थुङ चुम्लुङका सचिव सागर तुम्बाहाम्फे, व्यवसायी अम्बिका खत्री, संन्ध्या ग्रुपका संरक्षक विष्णु केसी लगायतले चलचित्रको सफलताको शुभकामना दिएका थिए।

निर्देशक सुरज तामाङले चलचित्रको निर्माण परिकल्पनादेखि चलचित्र निर्माण सम्पन्न हुदासम्मको कार्य व्यस्तता, टिमको सहयोग, कलाकारहरुको लगनशिलता र मेहनतको वारेमा जानकारी गराएका थिए। निकै मेहनतसाथ निर्माण गरिएको शुरज तामाङको निर्देशन रहेको परदेशी जीवन–२ का सहनिर्देशक/कथा लेखन–थर्चा लामा, छायाङकन/ध्वनी संकलक–बिरेन्द्र के. याक्थुम्वा हुन्।

कलाकारहरु बिष्णु मरासनी, मनीषा श्र्रेष्ठ, श्रीमति सुष्मा तामाङ, पारु नानु, गुराँस घ्लान तामाङ, आरोही कोर्मोचा सुनुवार, सुनी तामाङ, श्रीपाख्रीङ तामाङ, उमेश बस्नेत, सन्तोष कुवर, बिजय यादव, गणेश क्षेत्री, राज रुजाल, राम पाण्डेले आ–आफनो भुमिकामा जमेर अभिनय गरेका छन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

एनआरएनए युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले...

टि बी

एनआरएनए अध्यक्ष पदमा कार्कीको उम्मेदवारी

दोहा–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल २०१७-१९...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK