नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका धेरै देशमा क्रिकेट खेल्ने क्रिकेटरको सूचिमा परेका छन् । क्रिकइन्फोको ‘द क्रिकेट मन्थ्ली’ को यस संस्करणमा सन्दीपले धेरै देशमा क्रिकेट खेल्ने ६ क्रिकेटरको सूचिमा आफ्नो नाम लेख्न सफल भएका हुन् ।
सन् २०१८ को इन्डियन प्रिमियर लिग (आईपिएल)मा दि ल्ली डेयस डेभिल्सबाट व्यवसायी क्रिकेट खेल्न थालेका लामिछाने क्यानडाको ग्लोबल टि–२०, क्यारेवियन प्रिमियर लिग र केही समय पछि शुरु हुने अफगानिस्तान प्रिमियर लिग (एपिएल) मा पनि अनुबन्धित भएका छन् ।
अफगानिस्तानका अलराउण्ड मोहम्मद र लेग स्पिनर रसिद खान यसअघि धेरै क्रिकेट खेल्ने खेलाडीहरुमा रहेका थिए । यी दुवैले १० देशमा क्रिकेट खेलिसकेका छन् । त्यस्तै पाकिस्तानका शोएब मलिक, लेग स्पिनर शादाब खान र बंगलादेशका तमिम इकबाले ९ वटा देशमा टि–२० खेलेका थिए । लेग स्पिनर र गुगली बल फ्याक्न माहिर सन्दीपले पनि ९ वटा देशमा खेलिसकेका छन् । उनी शेन वार्न को उपनामले समेत चर्चित भएका छन् ।
खेलेका सबै खेलहरुमा राम्रो छाप छोड्न सफल सन्दीपले आइपिएलमा ३ खेल खेलेका थिए जसमा उनले ५ विकेट लिए भने क्यानाडको ग्लोबल टि–२० मा ५ खेलमा ८ विकेट हात परेका थिए। त्यस्तै सिपिएलको ५ खेलमा पनि सन्दीपले ७ विकेट लिएका छन् । आगामी अक्टोबर ३ देखि १३ सम्म मलेसियामा हुने टि–२० विश्वकप उप–क्षेत्रिय छनोटका लागि १८ सदस्यीय नेपाली टोलीसँगै बन्द प्रशिक्षणमा छन् ।
एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...
चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...
साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...
संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...
विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...
नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...
अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...