सन्दीपलाई इङ्ल्यान्डमा खेल्ने अवसर

ENGLISH

SPORTS

सन्दीपलाई इङ्ल्यान्डमा खेल्ने अवसर

15 July, 2016 | arjun baral | 1545 Views | comments

sandeep lamichhana

बेलायतको भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीका युवा प्रभावशाी खेलाडी सन्दीप लामिछानेले त्यहाँको स्थानीय टोलीबाट खेल्ने अवसर पाएका छन् ।

बुधबार र बिहिबार भएको अभ्यास खेलमा सन्दीपको प्रदर्शन देखेर उनलाई खेल्ने अवसर मिलेको हो । अभ्यासमा नेपालसंग पराजित भएको इन्डियन जिमखाना क्रिकेट क्बलबाट शनिबार ओल्ड एक्टनविरुद्व उनीहरुकै मैदानमा सन्दीपले खेल्न लागेका हुन् ।

त्यसो त सन्दीपले जिमखानाको तेस्रो टिमबाट मिडलसेक्सको लिग म्याच खेल्न लागेका हुन् । जिमखानाका प्रशिक्षक अनिल धान्डले हाल चलिरहेको लिगमा सन्दीपलाई जिमखानाको पहिलो २ टिमबाट खेलाउन नमिल्ने भएकाले तेस्रो टिमबाट अवसर दिइएको हो ।

उनका अनुसार यहाँको लिगमा खेल्न खेलाडी दर्ता हुनुपर्छ र विदेशी खेलाडीका लागि छुट्टै प्रक्रियाबाट आउनु पर्छ । सन्दीपले आफुलाई प्रमाणित गरेमा अर्को वर्षलाई थप अवसर रहने धान्डले बताए ।

सन् १९१६ मा स्थापना भएको इन्डियन जिमखाना क्रिकेट क्लब अहिले शतवार्षिकी मनाइरहेको छ । सोही क्रममा नेपाली टिमसँग खेलेको पनि हो ।

शनिबार नेपालको अभ्यास मात्र छ । लगातार तीन खेल खेलिसकेको अवस्थामा नेपालले अभ्यास खेल खेल्ने सम्भावना कम रहेको र सन्दीपलाई म्याच एक्सपोजरको आवश्यक्ता पनि भएकाले जिमखानाबाट खेल्न दिइएको नेपालका परामर्श प्रशिक्षक पुबुदु दासानायकेले बताए ।

एक वर्ष अघिमात्र राष्ट्रिय क्रिकेटमा आएका सन्दीपले नेपाली क्रिकेटमा ठूलो प्रभाव पारेका छन् । पहिलो अन्तराष्ट्रिय प्रतियोगिता खेल्नेक्रममा सन्दीपले जनवरी–फेब्रुअरीमा बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकपमा उनले १४ विकेट लिएका थिए र प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा थिए ।

उनले आयरल्यान्डसँगको खेलमा ह्याट्रिक गरेका थिए । वैशाखमा सन्दीपले राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गर्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्व कीर्तिपुरमा खेलेका थिए ।

अस्ट्रेलियाका विश्वकप विजेता कप्तान माइकल क्लार्कको निमन्त्रणामा सन्दीप सेप्टेम्बरमा अस्ट्रेलिया जाने कार्यक्रम छ । उनले त्यहाँ माइकल क्लार्क एकेडेमीबाट खेल्ने छन् । दुई महिना अघि हङकङमा क्लब क्रिकेट खेल्न जाँदा क्लार्क र सन्दीपले एकै टिमबाट खेलेका थिए ।

नेपाली क्रिकेट टोलीको दोस्रो जित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन

भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५...

साफ

महिला यू-१५ साफ फुटबल सेमिफाइनल : भारतसंग नेपाल २-१ ले पराजित

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल...

फुटबल

एसियाड फुटबलमा नेपाल भियतनामसंग २-० ले पराजित

इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा...

नेपाल फिफा वरियतामा १६१ औं स्थानमा यथावत

विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल १...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK