सन्दर्भ स्थानीय निर्वाचन : पार्टीका उम्मेदवार भन्दैमा आँखा चिम्लेर भोट हाल्ने परिपाटी हट्दैछ

ENGLISH

सन्दर्भ स्थानीय निर्वाचन : पार्टीका उम्मेदवार भन्दैमा आँखा चिम्लेर भोट हाल्ने परिपाटी हट्दैछ

21 May, 2017 | Sandeep Bhattarai | 1645 Views | comments

– यादब देवकोटामुलुकमा स्थानीय निकायको पहिलो चरणको मतगणना जारी रहँदा प्राप्त नतिजाका आधारमा केही विश्लेषण गर्दा नेपाली जनताले आमूल परिवर्तन चाहेको देखिन्छ । तर, त्यो पर्याप्त मात्रामा परिणामदायी भैसकेको छैन ।

जसरी फ्रान्समा राजनीतिक दल स्थापना गरेको १३ महिनाकै अवधिमा इम्म्यानुएल म्याक्रोनले ३९ वर्षकै उमेरमा लामो समयदेखि स्थापित रहेका दलका प्रभावशाली र राजनीतिक अनुभव संगालेका नेतालाई पछारेर राष्ट्रपतिमा विजयी भए । म्याक्रोनको त्यो विजय जनताको परिवर्तनको चाहना थियो ।

म्याक्रोनको योजना र जनताको परिवर्तनको चाहना मिलेपछि फ्रान्सले इतिहासमै सबैभन्दा कम उमेरका राष्ट्रपति पायो । फ्रान्सको परिवर्तन लहड हैन, लहर थियो । जनताको परिवर्तनको चाहनाको उपजय थियो । यतिबेला नेपालमा यस्तै परिवर्तनको चाहना थियो धेरैको तर, सोचेजस्तो भैरहेको छैन ।

स्थानीय तहको निर्वाचनको पहिलो चरणको मतगणना भैरहेका बेला नेपालमा राजनीतिक परिवर्तनको चाहना राख्नेहरुको उपस्थिति न्यून छ । जनता हरक्षण परिवर्तन चाहिरहेका हुन्छन् तर त्यो परिवर्तन कसरी हुन्छ र त्यसको नेतृत्व कसले लिनसक्छ भन्ने खोजीमा हुन्छन् । आजसम्म जनताले चाहेको परिवर्तन र नेतृत्वले दिएको परिवर्तनको मेल छैन ।

एउटा सुखद सन्देश अहिलेसम्म प्राप्त परिणामका धेरै दृश्यले देखाइरहेको छ । पार्टीका उम्मेदवार भन्दैमा आँखा चिम्लेर भोट हाल्ने परिपाटी भने हट्दैछ । राम्रोा व्यक्तिलाई सबै दलले मत दिएर विजयी गराएका छन् । मतदातामा हाम्रो हैन राम्रो मान्छे छान्ने संस्कृतिको विकास भएको छ । यसले दलहरुलाई राम्रालाई मात्र अवसर दिनुपर्छ भन्ने पाठ सिकाएको छ । अहिलेसम्म नेताका दौराको फेर समातेर चुनाव लड्ने र पैसा र शक्तिको भरमा जित्ने चलन चलिआएको थियो ।

नेपाली जनताले २००७ सालदेखि २०६२।०६३ सालसम्म राजनीतिक व्यवस्था परिवर्तनका लागि साथ दिइरहेका छन् । तर, त्यसपछि आर्थिक–सामाजिक परिवर्तनको चाहना भने पूरा हुनै सकेन । सुशासन, भौतिक विकास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरु समेत सहज हुन सकेन । जनताको यो सकसलाई पूरा गर्न भन्दै वैकल्पिक शक्तिको नारा घन्काएर दल त खुले तर, तिनीहरु भरपत्यार लाग्दा भएनन् । स्थानीय तहको पहिलो चरणको निर्वाचनको यो आलेख तयार पार्दासम्मको मतगणनाबाट । नेताहरुले आफूलाई वैकल्पिक भएको घोषणा त गरे तर व्यवहार पुरानै भएको जनताले पाए ।

उसो भए कुनै एक व्यक्तिले परिवर्तनको चाहना राखेर केही हुँदैन त ? अवश्य हैन । क्रान्तिको विगुल एकजनाले नै फुक्ने हो । यथार्थ भन्ने हो भने त्यो क्रान्तिको विगुल कर्णप्रिय हुनुपर्छ । कर्णकटु नारा घन्काएर क्रान्ति गर्छु भन्ने हो भने त्यो आफैंमा समाप्त भएर जान्छ । आज सशस्त्र जनयुद्ध कहाँ पुग्यो । संसदीय भासमै आउनुथ्यो भने त्यत्रो विध्वंश किन भन्ने प्रश्न उठिरहेकै छ । जनताको परिवर्तनको चाहना कसरी पूरा हुन्छ र जनताले के रोज्छन् भन्ने उदाहरण म्याक्रोन आफैंमा पर्याप्त छन् । हो, प्रश्न उठाउन सकिएला, फ्रान्स र नेपालको तुलना गर्न मिल्दैन भनेर तर, नेपाली जनता र फ्रान्सेली जनता हैन नेताहरुको चाहिं तुलना गर्न मिल्दैन राष्ट्रिय स्वार्थ र देश–जनताको पक्षमा लिने अडान र एजेण्डाका सवालमा ।

नेताको नीति र योजना सही भयो भने र जनताले परिवर्तन खोजेपछि पाका नेता र पुरानो पार्टी हैन नयाँ नीति र युवा खोज्छन् भन्ने प्रमाणित फ्रान्समा म्याक्रोनको उदयले प्रमाणित भएको छ । स्थानीय निर्वाचनको पहिलो चरणको निर्वाचनताका विश्लेषण अनेक भएका थिए, नयाँ, स्पष्ट योजना र दृष्टिकोण भएका दलका हुन् वा गैरदलीय जनताले तिनलाई नै रोज्नेछन् भनेर । यसपटक अधिकांश नयाँ मान्छे स्थानीय तहमा जाँदैछन् । उनीहरुलाई नै जनताले विश्वास गरे । किनभने अब मुलुकको हरेक क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ र त्यसका लागि युवा र सक्षम नेतृत्व चाहिन्छ ।

जसरी फ्रान्समा म्याक्रोनले पार्टी गठन गरेको १३ महिनामा राजनीतिक हस्तीहरुलाई पराजित गरेर नश्लवादी राजनीतिमा परिवर्तनको धार देखाइदिए । यस्तै क्षमता नेपाली जनताले चाहेका छन् र त्यस्तै नेताको खोजी गरिरहेका छन् । विडम्बना के हो भने मुलुकको राजनीति सत्ताकेन्द्रित हुँदा अनेक समस्या र विकृति निम्तिएको छ । राजनीतिक अस्थिरतालाई संस्थागत गरिएको छ । यसलाई हटाउन युवा र देशभक्त नेतृत्वको खाँचो छ र यसको सुरुवात स्थानीय तहबाट हुने धेरैको अपेक्षा छ र यसको त्यस्तो नेतृत्वका लागि युवाले अग्रसरता देखाउने र पाका नेताहरुले अभिभावकत्व गर्ने समय आइसकेको छ ।

क्रान्तिपछिको शान्तिसंगै आर्थिक–सामाजिक रुपान्तरणमा नेपालको शीर्षस्थ राजनीतिक नेतृत्व असफल भएको कुरा उनीहरुले स्वीकार्नु पर्दछ । अब यसको जिम्मेवारी नयाँ पुस्तालाई दिन कञ्जुस्याई गर्नुहुँदैन । यसै भएर नेताहरुप्रति वितृष्णा बढ्दो छ । जनताले अर्को विकल्प खोज्नु अघि नै नेताहरुले विकल्प दिए सबैको भलो हुने थियो । किनभने अभूतपूर्व राजनीतिक परिवर्तन भएको यो एक दशकमा पटकपटक सत्ताको फन्को मारिरहेका नेताहरूको चरित्रमा अहिलेसम्म कुनै सुधार छैन । बारम्बार एउटै फलाको हालेर जनतालाई झुक्याइरहेका छन् । ‘बाह्र वर्ष कुकुरको पूच्छर ढुंग्रामा हाले पनि बांगाको बांगै’ भनेझैं जतिपटक जनतासामु माफी मागे पनि नेताहरूको चरित्रमा कुनै सुधारको संकेत छैन ।

– यादब देवकोटा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK