सन्जोग मार्फत कम्ब्याक गर्दै सुष्मा कार्की

ENGLISH

ENTERTAINMENT

सन्जोग मार्फत कम्ब्याक गर्दै सुष्मा कार्की

22 July, 2016 | Anjana Bhandari | 2260 Views | comments

sushmaलामो समयसम्म पर्दा बाहिर रहेकी अभिनेत्री सुष्मा कार्की संजोगबाट चलचित्रमा छाउने भएकी छन् । उनको अपोजिटमा सविन श्रेष्ठ रहेका छन् । सुष्मालाई लिएर निर्माण गरिएको संजोगमा उनको हट अवतार देख्न पाइने भएको छ । हालै सार्वजनिक भएको प्रोमोले पनि यस्तै आशय व्यक्त गरेको छ । चलचित्र ‘संजोग’ अभिनेता सविन श्रेष्ठ र अभिनेत्री सुष्मा कार्कीका लागि संयोग पनि बनेको छ ।

यी दुई कलाकार पहिलो भेट ‘संजोग’ नै गराएको छ ।‘संजोग’ मा सविन र सुष्माको अनस्क्रिन रोमान्स देख्न पाइनेछ ।नेपाली चलचित्र क्षेत्रकी हट अभिनेत्री सुष्मा र सविनको अनस्क्रिन रोमान्स हेर्नलाई अब धेरै दिन बाँकी छैन ।

‘संजोग’ यही १४ साउनबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । सुष्मा अभिनीत चलचित्र प्रदर्शनमा ग्याप भइरहेका बेला उनी ‘संजोग’मा देखिन लागेकी हुन् । सविन र सुष्माको जोडीलाई निर्माणपक्षले प्रमोसनको अस्त्र बनाएका छन् । हुन पनि ‘संजोग’ मा यी जोडी निकै जमेका छन् ।

उमेश उप्रेतीको निर्माण रहेको यस चलचित्रलाई बेदप्रसाद भूर्तेलले निर्देशन गरेका हुन् ।निर्माता उप्रेतीका अनुसार ‘संजोग’ नारीप्रधान एक्शन चलचित्र हो । चलचित्रमा त्रिकोणात्मक प्रेमकथा हेर्न सकिन्छ । ‘संजोग’ बाट निर्माता उप्रेती आशावादी छन् ।

हाल चलचित्र प्रमोसनमा ब्यस्त रहेका उनले भने, ‘सविन र सुष्माको केमेष्ट्रिले गर्दा पनि चलचित्र दर्शकले रुचाउँछन् भन्ने लागेको छ ।’युजेस फिल्मस् प्रालिको ब्यानरमा निर्मित ‘संजोग’ मा सविन र सुष्माका अलावा प्रज्वल गिरी, पुष्कर भट्ट र खगेन्द्र उप्रेतीको पनि मुख्य अभिनय छ ।

उज्वल थेबे लिम्बु र कुमार विविाहितको संगीत रहेको ‘संजोग’ मा गोविन्द राईको नृत्य, चन्द पन्तको द्वन्द्व र हरिनारायण चौधरीको छायांकन रहेको छ । चलचित्रको अधिकांश छायांकन पूर्वमा गरिएको हो भने केही काठमाडौं र आशपासमा गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK