सनफ्रान्सिस्कोमा एनआरएन विज्ञ सम्मेलन शुरु

ENGLISH

सनफ्रान्सिस्कोमा एनआरएन विज्ञ सम्मेलन शुरु

17 June, 2018 | Kunjar Bhattarai | 1745 Views | comments

अमेरिका-गैर आवासिय नेपाली संघ र एनआरएन अमेरिकाको संयुक्त पहलमा विज्ञ सम्मेलन शुरु भएको छ ।गैर आवासिय नेपाली संघ र एनआरएन अमेरिका द्धारा संयुक्त रुपमा आयोजित विज्ञ सम्मेलन शनिवार क्यालिफोर्निया सनफ्रान्सिस्कोमा शुरु भएको हो ।

सम्मेलनको शनिवार विहानको सत्रमा शिक्षा क्षेत्रमा सम्वन्धित रहेर कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालको विद्यालयलाई कसरी अझ गुणस्तरीय वनाउन सकिन्छ, सामुदायिक विद्यालयको महत्व, स्वास्थ्य क्षेत्रमा उपलव्ध अवसर लगायतका विषयमा कार्यपत्र प्रस्तुत भएको छ । यसमा छलफल भएको थियो ।

नेपालमा अन्य देशका राम्रो उदाहरण कसरी लैजान सकिन्छ यस विषयमा छलफल भएको थियो । उक्त सभामा नेपाल सरकारका मन्त्री, पुर्व मन्त्री, अमेरिकाका लागि नेपाली राजदुत, एनआरएनएका केन्द्रिय पदाधिकारीहरु लगायतको सहभागिता छ ।

शनिवार दिनभर विभिन्न ७ विषयगत क्षेत्रमा छलफल हुने छ । एनआरएनले आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेका ज्ञान, सीप र प्रविधि एवं पूंजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने संघको उद्देश्य यो सम्मेलन आयोजना गरेको छ ।

गैर आवासीय नेपाली संघको पहलमा नेपालमा आर्थिक लगानी भित्राउन केही सफलता हासिल भएपनि विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोग ल्याउन अपेक्षित सफलता हासिल गर्न सकिएको छैन । यसलैलाई मनन गरी यो कार्यक्रम हुन लागेको हो ।

यो नेपालमा आउने अक्टोबर महिनामा हुन लागेको विश्व विज्ञ सम्मेलनको पुर्व तयारी पनि हो । कार्यक्रममा अमेरिका, क्यानडा वेलायत, जापान, रसिया, जमर्नी, साइप्रस, बेल्जियम लगायतका देशका विज्ञ लगायत एनआरएन पदाधिकारीहरुको सहभागिता छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैंको टीका

दशैंको टीकाको साइत बिहान बिहान ९ बजेर ५१ मिनेट उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत...

छक्कापञ्जा–३

घटस्थापनाको दिनबाट चलचित्र ‘छक्कापञ्जा–३’ प्रदर्शनमा आउने : ट्रेलर सार्वजनिक (ट्रेलर)

चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने...

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK