सडक महोत्सवको तयारी अन्तिम चरणमा

ENGLISH

सडक महोत्सवको तयारी अन्तिम चरणमा

26 December, 2016 | Ramji Lamsal | 870 Views | comments

street-1पोखरा रेवान पोखराको आयोजनामा प्रत्येक बर्ष जस्तै यसपाली पनि हुन गइरहेको सडक महोत्सवको सम्पुर्ण तयारी पूरा भएको छ। यहि पुस १३ गतेबाट १७ गते(डिसेम्बर २८ देखि जनवरी १)सम्म पोखराको लेकसाइडमा उक्त महोत्सव १८ औ पटक आयोजना गर्न लागिएको हो।

पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा महोत्सब आयोजक समितिका सयोजक गोपि भट्टराईले तयारिको सन्दर्भमा जानकारी दिदै पर्यटनको बिकाश तथा पोखरा र आसपासका क्षेत्रहरुको प्रबर्द्धन महोत्सबको मुख्य उद्देश्य रहेको बताए ।

उनले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको भन्दै सोही दिन “बसुन्धारा पार्क संरक्षण एबम ब्यबस्थापन कार्यक्रमको  समेत शुभारम्भ गरिने बताए।

महोत्सवमा नेपालका बिबिध सांस्कृतिक प्रस्तुतिका साथमा भारतिय,जापनिज ,रसियन लगायतका देसबाट समेत सांस्कृतिक टोलिहरुको सहभागिता रहने रेबान अध्यक्ष चौ बहादुर गुरुङले जानकारी दिए ।

नेपालका चर्चित ब्याण्डहरु रबिन एन्ड न्यु रिभोलुसन ,मङोलियन हर्ट ,सबिन राई राजु लामा लगायतका राष्ट्रीय तथा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने छ।

सार्बजनिक यातायातको रात्रीकालिन ब्यबस्थासहित राम्रो सुरक्षा प्रबन्धको समेत ब्यबस्था गरिएको आयोजकले जानकारी दिएको छ। “सडकमै खाऔं सडकमै रमाऔं “भन्ने नाराका साथ आयोजित महोत्सबको पुस १३ गते कोमागाने पार्कमा बिशेष कार्यक्रमका बिच सहरी बिकास मन्त्री अर्जुन नरसिंह केसिले उद्घाटन गर्ने बताइएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK