सग्लै गएको मान्छे,स्वदेश फर्कदा काठको बाकसमा..

ENGLISH

सग्लै गएको मान्छे,स्वदेश फर्कदा काठको बाकसमा..

22 June, 2016 | Krishna Adhikari | 1875 Views | comments

nepalese
अफगानी विद्रोही तालिवानको आत्मघाती हमलामा परी निधन भएका १२ जनाा नेपालीको शव काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएपछि त्यहाँको माहोल एकाएक भावुक बन्यो ।

शव बुझ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्नुभएका प्रधानमन्त्री केपी ओलीले घटनालाई कायरतापूर्ण भन्दै सञ्चारकर्मीहरुसँग तालिवानको नेपालीसँग कुनै साइनो र द्वेष नरहेको भन्दै निर्दोष मारिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही पनि विमानस्थल पुगेका थिए । उनीहरुले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

बाकसमा १२ वटा शव विमानबाट ओराल्दा मृतकका परिवार आफन्त र विमानस्थलमा जुटेका उल्लेख्य सर्वसाधारणका आखा रसाएका थिए । नेपाली सेनाका जवानहरूले शवको बाकस विमानबाट ओरालेका थिए ।
दिउँसो २ बजेर ४० मिनेटमा नेपाल वायु सेवा निगमको विमानबाट अन्य २४ नेपाली कामदार पनि ल्याइएको छ ।

शवमा फूलमाला अर्पण गरेपछि आफन्तलाई शव बुझाइने गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताउनुभयो । उहाँका अनुसार सरकारले मृतककै जिल्लामा शव पठाउने प्रबन्ध मिलाएको छ ।

सो आक्रमणमा परी घाइते भएका पाँच जनालाई उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ भने दुई जनाको उपचार काबुलमै भइरहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK