सगुनमा ५२ देशको लगानी

ENGLISH

TECH

सगुनमा ५२ देशको लगानी

28 November, 2017 | Kunjar Bhattarai | 2435 Views | comments

 

विजय थापा-सोसियल मिडिया र सोसियल कमर्शलाई एउटै प्लेटफर्ममा ल्याउने महत्वकांक्षी योजनाकासाथ नेपालीहरुले स्थापना गरेको सगुनमा हालसम्म ५२ वटा देशबाट लगानी भएको सगुनले जनाएको छ ।

मिनि आइपीओ अन्तर्गत पहिलो चरणको लगानी सगुनले अमेरिकाबाट शुरु गरेको थियो भने दोश्रो चरणको शुरुवात बेलायतबाट गरेको थियो । लगानी खुल्ला गरेको हालको दोश्रो चरणमा दक्षिण कोरियाबाट सबैभन्दा धेरै लगानीकर्ताहरुले लगानी गरेकाछन् । यसैगरि लगानीकर्ताको संख्याको आधारमा दोश्रो स्थानमा अमेरिका रहेको छ भने तेश्रो स्थानमा बेलायत रहेको छ । यस्तै अष्ट्रेलिया, जापान र युएई क्रमश चौथो, पाँचौ र छैटौं स्थानमा रहेको सहसंस्थापक कविन्द्र सिटौलाले जानकारी गराए ।

सगुनको लगानीको यस चरणमा न्यूनतम रकम एक हजार अमेरिकी डलर वा सो भन्दा बढी लगानी गर्न सकिने छ । सगूनले यस पटकको लगानीको चरणमा क्रेडिट वा डेविट कार्डबाट समेत लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

विश्वभरबाट सर्वसाधारणहरुले लगानी गर्न पाउने यस अवसरमा नेपालीहरुको संख्या नै सवैभन्दा बढी रहेको जनाइएको छ ।त्यसै गरि भारतीय, अमेरिकी, मध्यपूर्व एशिया लगायतका नागरिकहरुको समेत उल्लेख्य लगानी रहेको जनाइएको छ । आइटी तथा सोसियल मिडियाको क्षेत्रमा विश्वव्यापी लहर ल्याउन सफल सगुनप्रति विश्वभर छरिएर रहेका नेपालीहरुले धेरै आशा र भरोसा राखेको पाइएको छ ।

सोसियल मिडियाको क्षेत्रमा नयाँ र नौलो सोचका साथ अगाडि आइरहेको सगुनले एन्ड्रोइड एप छिटै नै ल्याउँन लागेको जनाइएको छ । यसै गरि २०१८ मा बजारमा ल्याउने गरि निर्माण कार्य शुरु गरिसकिएको सोसियल स्मार्ट कार्डले सामाजिक सञ्जाल र सोसियल कमर्शको क्षेत्रमा नयाँ आयामको शुरुवात हुने कुरामा सगुनका संस्थापक गोविन्द गिरी विश्वस्त छन् ।

अमेरिकी सरकारको सेक्युरिटिज् एण्ड एक्सचेञ्ज कमिसनबाट मिनि आइपीको स्विकृत प्राप्त गरेर सर्वसाधारणमा स्वामित्व शेयर विक्री गर्ने सोसियल मिडियासंग सम्वन्धित पहिलो स्टार्ट अप कम्पनी सगुनमा पहिलो चरणको लगानी खुल्ला भएको क्षण देखि यसलाई साथ र सहयोग गर्ने नेपालीहरुको संख्या झन् झन् बढ्दो छ ।

पहिलो चरणमा ३५०० भन्दा बढी व्यक्तिहरुले लगानीकोलागि इच्छा जाहेर गरेका थिए भने ६० भन्दा बढी देशहरुबाट लगानी भएको थियो । सो चरणमा अमेरिकाबाट सवै भन्दा धेरै लगानी भएको थियो भने लगानीकर्ताको संख्याको आधारमा दक्षिण कोरिया दोश्रो र अष्ट्रेलिया तेश्रो थिए । त्यसैगरि क्रमशः वेलायत, जापान र युएई बाट लगानीकर्ताहरुले लगानी गरेका थिए ।

सगुनले हाल खुल्ला गरेको दोश्रो चरणको लगानी यहि नोभेम्वर ३० तारिक मध्यराती ९न्यूयोर्क समय अनुसार० देखि बन्द हुंदैछ । सो समयसम्म विश्वभरबाट जो कोहि सर्वसाधारणले पनि सगुनमा लगानी गर्न सक्नेछन् । तर नेपालको काननी प्रावधानको कारणले नेपालबाट भने लगानी गर्न पाइने छैन । लगानी गर्न भर्नु पर्ने फाराम सगूनको साइटमा उपलब्ध छ जुन अत्यन्तै सरल र करिव ५ मिनेटमा नै जहाँबाट पनि भर्न सकिनेछ । फाराम भर्न वा लगानी रकम पठाउने विषय लगायत अन्य कुनै पनि प्रकारको प्रश्न वा जिज्ञासा भएमा सगुनको पेजमा उपलब्ध भएको हेल्प सेन्टरबाट २४ सै घण्टा अंग्रेजी, नेपाली र हिन्दी भाषामा सहयोग लिन सकिने छ ।

सगुनमा लगानी गरे एनआरएनए यूकेका अगुवाहरुले

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK