सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

ENGLISH

ENTERTAINMENT

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

24 May, 2018 | Sandeep Bhattarai | 3015 Views | comments

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ ।

रेस्पोन्सिभ मिडिया प्रा.लि.को आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला हुने आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन तर्फबाट ४० विधामा अवार्ड प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

अवार्डमा चलचित्रतर्फ गीतकार, संगीतकार, गायक, गायिका, त्यसैगरी आधुनिक तर्फ गीतकार, संगीतकार, गायक, गायिका, नव गायक, नव गायिका, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, मोडल पुरुष, मोडल महिला रहेका छन् । पप गीत तर्फ गीतकार,संगीतकार, गायक, गायिका, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, मोडल पुरुष, मोडल महिला त्यसैगरी लोक दोहोरी तर्फ शब्द, लय, गायक, गायिक, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशन, भिडियो, छायाँकार, भिडियो सम्पादक, नव गायक र नव गायिका तथा भजन तर्फ गीतकार,संगीतकार, गायक, गायिका विधाहरु रहेका छन् । यस अवार्डमा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्नेछन् ।

अवार्डलाई सब्य अनि भब्य बनाउनका लागि मनोज थापाको अध्यक्षतामा आयोजक समिति गठन भएको छ । समितिमा कार्यक्रम संयोजक राजेन्द्र लुईटेल, कार्यक्रम निर्देशक रामकृष्ण श्रेष्ठ, मिडिया संयोजक मुकुन्द बस्नेत र आर्थिक संयोजक कुशल खत्री रहेका छन् ।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK