सगरमाथा आरोहणको विश्वमा सन्देश

ENGLISH

TRAVEL

सगरमाथा आरोहणको विश्वमा सन्देश

21 May, 2017 | Sandeep Bhattarai | 2245 Views | comments

सगरमाथा आरोहण

वसन्त ऋतुको यस मौसममा स्वदेशी तथा विदेशी साहसी आरोही सगरमाथाको चुचुरो चुम्न सफल भएका छन् ।

सोमबार १४ आरोहीले सफल आरोहण गरेसँगै सर्वोच्च शिखर आरोहणको सन्देश विश्व पर्यटन बजारमा छाएको छ । यस वर्षको वसन्त ऋतुको आरोहण सोमबारदेखि सुरु भएको हो । दुई दिनअघि सगरमाथाको मौसम प्रतिकूल रहे पनि सोमबारदेखि अनुकूल भएपछि आरोही चुचुरातर्फ लागेका हुन् ।

पहिलो आरोहण गर्ने समूहमा ११ शेर्पासहित तीन बेलाती गोर्खा सैनिक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत कुमारज्ञानेन्द्र श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सङ्खुवासभाकी ४४ वर्षीया लाक्पा शेर्पाले तिब्बती मोहडाबाट सगरमाथाको पहिलो आरोहण गर्नुभएको थियो । उहाँसँगै आरोहण गर्नेमा पेम्बाछिरिङ शेर्पा, पेमाछिरी शेर्पा, कान्छुनुरु शेर्पा, लाक्पागेलु शेर्पा, सोनामजाङ्बो शेर्पा, पासाङ शेर्पा, छिमीलेन्दुक गुरुङ, डेन्डी शेर्पा, तासी शेर्पा र ज्याङ्बो भोटे छन् । त्यसैगरी बेलायती गोर्खाबाट आरोहण दलका सदस्य कृष्ण थापा, निर्मल पुर्जा र धनी राई रहेको पर्यटन विभागले जनाएको छ । आज पनि आधारशिविर ४ मा रहेका धेरै आरोही चुचुरामा जाने तयारीमा छन् ।

विभागको पर्वतारोहण शाखाका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि ४२ आरोहण दलबाट ३७० भन्दा बढीले आरोहण अनुमति लिएका छन् । विभागका महानिर्देशक विष्णु भट्टराईले सगरमाथाको सफल आरोहणले विश्वमा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्व बजारमा प्रवद्र्धन भई विदेशी पर्यटक आकर्षणका लागि सगरमाथा आरोहणले थप उत्साह थप्ने उहाँको भनाइ छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै आरोही हिमाल आरोहणमा गएका छन् । सन् २०१४ मा सगरमाथामा गएको हिमपहिरो र सन् २०१५ को भूकम्पका कारण सगरमाथाको आरोहण रोकिएको थियो । उक्त आरोहणका लागि अनुमति लिएकाहरुलाई सरकारले दुई वर्षसम्म अर्थात् सन् २०१७ सम्म आरोहण अवधिको अनुमति दिएपछि यस वर्ष धेरै आरोही आएका हुन् ।

अघिल्लो वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख २९ गतेदेखि सुरु भएको थियो । एकै दिन दुई सयभन्दा बढी आरोही चुचुरामा पुगेका थिए । एघार दिनसम्म चलेको सगरमाथा आरोहणमा ४००भन्दा बढीले सफल आरोहण गरेका थिए । अघिल्लो वर्ष ३४ समूह सगरमाथा आरोहणमा गएका थिए । उक्त मौसममा सगरमाथासहितको हिमाल आरोहणका लागि ९७ समूहका एक हजार ४६२ आरोही गएका थिए ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले यस मौसमको आरोहण सफलताले विश्वका पर्वतारोही तथा हिमालको देश नेपाललाई माया गर्ने नागरिकमा सकारात्मक सन्देश पुगेको बताउनुभयो ।

उहाँका अनुसार हिमपहिरो र भूकम्पका कारण आरोहण रोकिएका आरोहीलाई सन् २०१७ सम्म दिइएको अनुमतिले आरोहीको उपस्थिति बढेको हो । भारत र चीनबाट पनि यस याममा धेरै आरोही आएकाले सगरमाथा आरोहणका लागि अनुमति लिने हालसम्मकै सबैभन्दा बढी भएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

सरकारले पाँच हजार मिभन्दा अग्ला ४०० भन्दा बढी हिमाल आरोहणका लागि खुला गरेको छ । यस वर्ष सगरमाथाबाहेक ल्होत्से हिमालका लागि ११ दलका १११ जनाले अनुमति लिएका छन् । त्यसैगरी नुब्चेमा तीन दलका २४, अन्नपूर्णमा १४, धौलागिरिमा ७७, कञ्चनजङ्घामा सात, कञ्चनजङ्घा दक्षिणमा चार, मकालुमा ४३ र मनास्लु आरोहणका लागि छ जनाले अनुमति लिएका छन् । रासस

हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि सगरमाथा आरोहणका लागि बाटो खुल्ला

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बैतडीको पाटनमा धानखेती

बैतडीको पाटनमा धानखेती

समयमै वर्षा भएकाले किसानले बैतडीको पाटनमा लगाएको धान खेती...

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK