सगरमाथामा इन्टरनेट

ENGLISH

TECH

सगरमाथामा इन्टरनेट

1 September, 2017 | Kabi Adhikari | 1365 Views | comments

सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा पुगेको छ । एभरेस्ट लिंक नामक कम्पनीले दुई करोड रुपैयाँको लगानीमा सगरमाथाको आधार शिविरमा इन्टरनेट सेवा सञ्चालन गरेको हो । सगरमाथा आरोही तथा पर्यटन व्यवसायीलाई विश्वसँग जोड्ने उद्देश्यका साथ इन्टरनेट सेवा सञ्चालन गरिएको एभरेस्ट लिंकले जनाएको छ ।

एभरेस्ट लिंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छिरिङ शेर्पाले सन् २००२ बाटै सगरमाथा शिविरमा इन्टरनेट सेवा विस्तारका लागि अध्ययन सुरू गरेको बताए । ‘१५ वर्षअघिदेखि इन्टरनेटको विषयमा अध्ययन गरे पनि २०१४ बाट काम सुरु गरेको हो । काम सुरुको चार वर्षमा इन्टरनेट सेवा सञ्चालन गरेका हौं,’ उनले भने, ‘इन्टरनेट सेवाबाट स्थानीय, पर्वतारोही पर्यटक, होटल व्यवसायीको साथै पोर्टरलाई सजिलो भएको छ ।’

उनका अनुसार तराई क्षेत्रबाट माइक्रोवेभको माध्यमबाट सगरमाथा शिविरमा इन्टरनेट सेवा सञ्चालन गरिएको हो । आधार शिविरको लुक्ला, खुम्बु, चौरीखर्क, खुम्जुङ, खुन्दे, पाङ्बोचे, तेङ्बोचे, दिङ्बोचेमा इन्टरनेट सुविधा उपलब्ध छ  ।  दुई सय ५० होटलमध्ये दुई सयभन्दा बढी होटललाई स्टेकहोल्डरका रूपमा राखिएको छ । नाफाको ४० प्रतिशत सामाजिक काममा प्रयोग गरिने जनाएको छ ।

कम्पनीको प्रमुख प्राविधिक अधिकृत छेवाङ लामाले शिविरबाट सिधै इन्टरनेटबाट आफन्तसँग कुरा गर्न सहज भएको बताए । ‘स्वदेशलाई मात्र नभएर विश्वलाई समेत सगरमाथाको शिविर क्षेत्रलाई इन्टरनेटले जोडेको छ,’ लामाले भने, ‘कम्पनीले सय एमबी डाटाका लागि दुई सय र दुई सय एमबी डाटाका लागि पाँच सय डलर शुल्क तोकेको छ ।’

सगरमाथाको आधार शिविरसम्म इन्टरनेटको सामान बोकेर लैजानुपर्ने भएका कारण उपत्यकाको तुलनामा महँगो भएको लामाको भनाइ छ । उनीहरुको सुविधाको लागि पनि इन्टरनेट सेवा प्रभावकारी हुने एभरेस्ट लिंक कम्पनीले जनाएको छ । पर्वतारोही, गाइड तथा पोर्टरलाई थप सेवा र सुविधाको लागि सञ्चालन गरिएको इन्टरनेट सेवाबाट जम्मा भएको रकमबाट हेलिकोप्टर चार्टर गर्ने लामाले बताए ।

जापान सरकारले सञ्चालनमा ल्याएको फ्रि वाईफाई सेवा असुरक्षित रहेको फेला

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

एनआरएनए प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK