संसारको मन छोयो मात्र ११ महिना बाँचेका जुम्ल्याहाको फोटोले (भिडियो सहित)

ENGLISH

WORLD

संसारको मन छोयो मात्र ११ महिना बाँचेका जुम्ल्याहाको फोटोले (भिडियो सहित)

21 May, 2017 | Sandeep Bhattarai | 590 Views | comments

जुम्ल्याहा

गर्भवती भएको २३ औ हप्तामा चिकित्सकले लिण्डसे र उनका पति मत्ठेवलाई कुनै अभिभावकले सुन्न नचाहने कुरा सुनाए ।

चिकित्स्कले उनको पेटमा भएको जुम्ल्याहा बच्चामा एउटा छोरा र अर्को छोरी भएको अनि छोराको गम्भीर अवस्था वा मृत्यु वस्थामा जन्म हुनसक्ने बताए ।उनीहरु लामो समय अघिदेखि आमाबाबु बन्ने सपना देख्दै थिए र जुम्ल्याहा बच्चा त्यसमाथि छोरा र छोरी हुन लागेकोमा उनीहरु निक्कै खुसी पनि थिए तर उनीहरुको छोराको मुटुको समस्याको समाचारले उनीहरुलाई निक्कै गहिरो चोट पुर्यायो ।

गत बर्षको डिसेम्बर महिनामा विल्लिअम र उनको बहिनी रेअगनको जन्म भयो । विल्लिअम हेर्दा स्वस्थ देखिए पनि उनको हृदयको ढुकढुकी चाहिने मात्रामा थिएन । डाक्टरले पनि उनी धेरै बचे एक हप्ता मात्र भएको र उनलाई बचाउने कुनै विकल्प नरहेको निरिहता प्रकट गरे ।

त्यसपछि मनमा जति नै पीडा भए पनि विलिअमका आमाबुबाले भविष्यको लागि चिनो हुनेछ भनेर फोटोग्राफरलाई परिवारको फोटो लिने निर्णय गरे । फोटोग्राफर लिन्ड्से ब्रोब्ज भन्छिन म त्यहाँ रहँदाको हरेक पल मेरा लागि तीतो मिठो थियो । उनीहरु सामान्य तरिकाको ब्यबहार गर्ने प्रयास गर्दै थिए । विल्लिअमलाई हेर्दा तपाइँलाई त्यति प्यारो बच्चालाई केही भाको छैन भन्ने अनुभव गर्न सकिन्थ्यो ।

त्यस तस्बिरहरुले यति सुन्दरता देखायो कि तपाइँ त्यस परिवारमा माया र ममता भरिपूर्ण देख्नु हुनेछ । विल्लिअमका पिता भन्छन, विल्लिअमसंग बिताएको त्यो ११ दिन मेरो जीवनको सबभन्दा खुसीका पलहरु हुन् ।

जुम्ल्याहा

तर, दुखको कुरा तस्बीर लिइएको केही दिनपछि नै विल्लिअमले यस संसार छोडे । उनले संसार निक्कै चाँडो छोडे पनि उनका परिवार आफ्नो मन थामेर उनीसंग बिताएका केही दिनहरुमा खुसी छन् । ती तस्बिरहरु यति सुन्दर छन् कि भगवानले पनि कहिलेकाही धोका दिन्छन् भनेर भन्न करै लाग्छ ।

समाचार स्रोत – सिएनएन,अनुवादक – आदर्श देवकोटा  

अमेरिकी टेलिभिजन सिएनएनएले गरेको लाइभ रिपोर्टको यो भिडियो पनि हेर्नुहोस्-

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK